रुसले अन्न चोरेको युक्रेनी आरोपमाथि टर्कीको छानबिन « Khabarhub

रुसले अन्न चोरेको युक्रेनी आरोपमाथि टर्कीको छानबिन


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले रुसले युक्रेनबाट अन्न चोरी गरेको विषयमा आफ्नो मुलुकले छानबिन गरेको जनाएका छन् ।

रुसले युक्रेनबाट अन्न चोरेर टर्की लगायतका तेस्रो मुलुकमा बिक्री गर्ने गरेको आरोप लागेपछि यसबारे छानबिन सुरु गरिएको चाभुसोग्लुले जनाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आफ्नो छानबिनको प्रगतिबारे युक्रेनलाई जानकारी गराइएको समेत बताए ।

‘हामीले हरेक दाबीलाई गम्भीरतापूर्वक लियौँ र यही दाबीका आधारमा अनुसन्धान गर्यौँ । हामीले पानीजहाजको प्रस्थान बन्दरगाह र सामानको उत्पत्ति रुसमा भएको देख्यौँ ।’ चाभुसोग्लुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यद्यपि हालसम्मको छानबिनबाट यसबारे कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेका छन् । यसअघि टर्कीका लागि युक्रेनी राजदूतले यही महिनाको सुरुमा रुसले युक्रेनबाट अन्न चोरी गरेर टर्की र अन्य मुलुकका बिक्रेतालाई बेच्दै आएको आरोप लगाएका थिए ।

साथै टर्कीका लागि युक्रेनी राजदूत भासिल बोद्नारले यसबारे छानबिन गर्न समेत टर्कीस सरकारसमक्ष आग्रह गरेका थिए । रुसले यस्तो गतिविधिमा आफ्नो सहभागिता नरहेको दाबी गर्दै आएको छ ।

बिहीबारमात्रै रुसी प्रशासन क्रेमलिनले युक्रेनबाट कुनै अन्न चोरी नगरेको प्रष्टीकरण दिएको थियो । युक्रेनको विदेश मन्त्रालयले टर्किस विदेशमन्त्रीको टिप्पणीबारे कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ०७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका