मेयर शाहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नोस्  « Khabarhub

मेयर शाहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नोस् 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैर आवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौँ महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ ।

मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले महानगरपालिकासँग सहकार्य गरी महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए ।

त्यस्तै, गत वर्ष नै टेण्डर आव्हान गरी बनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौँ महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा दुई वटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरे ।

संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौँ सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताए ।

भेटको क्रममा मेयर शाहले काठमाडौँको कला–संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त संघलाई आग्रह गरेका थिए । त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रूपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न पनि उनले आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ३५ बजे

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य