चार वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ « Khabarhub

चार वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ का एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चकरीका १८ वर्षीय युवक रहेका छन् । बालिकाको अभिभावक घरमा नभएको अवस्थामा युवकले बालिकामाथि बलात्कार गरेको आरोप छ ।

बालिकालाई बलात्कार गरेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । स्थानीयले सूचना दिएपछि प्रहरीले बुधवार युवकलाई पक्राउ गरेको हो ।

अमलेखगंजबाट पुगेको प्रहरी टोलीले युवकलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय सिमरालाई बुझाएको थियो । पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि बिहीबार दिउँसो जिल्ला अदालत लगेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले युवकलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने बताए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ३३ बजे

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले