मेगा क्यापिटलले खप्तड लघुवित्तलाई शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने « Khabarhub

मेगा क्यापिटलले खप्तड लघुवित्तलाई शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १,३२,००० कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रियामा रहेको छ ।

उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस शेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

बुधवार मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने बारे सम्झौता पत्र हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक श्री रणदेव कृष्ण श्रेष्ठ र श्री मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत श्री शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ४२ बजे

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति