राष्ट्रपति रनिङ शिल्ड : उत्कृष्ट खेलाडीलाई सम्मान « Khabarhub

राष्ट्रपति रनिङ शिल्ड : उत्कृष्ट खेलाडीलाई सम्मान


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीशहर नगरपालिकाले प्रदेश र संघ स्तरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडी सम्मान गरेको छ ।

नगरपालिकाले गत महिना भएको प्रदेश स्तरीय र संघ स्तरीय राष्ट्रप्रति रनिङशिल्ड प्रतियोगितामा सहभागी भई पदक हासिल गरेका नगरभित्रका खेलाडीलाई सम्मान स्वरुप सम्मानपत्र नगद प्रदान गरेको हो ।

विभिन्न विधाका प्रतियोगितामा सहभागी खेलाडीमध्ये पदक जित्न सफल ४ जना खेलाडीलाई सम्मान गरेको हो । केन्द्रस्तरिय प्रतियोगितामा ५० केजी कराँते खेलमा प्रथम हुन सफल प्रिती तामाङलाई नगद १० हजार, ४० केजी कराते तर्फ तृतिय हुन सफल सुमिना तामाङलाई ५ हजार र केन्द्रस्तरकै हाइजम्पमा द्वीतिय हुन सफल समा श्रेष्ठलाई ७ हजार प्रदान गरिएको छ ।

प्रदेशस्तरीय प्रतियोगितामा ४२ केजी कराँतेतर्फ तृतीय हुन सफल उमेश गुरुङलाई ३ हजार प्रदान गरियो ।

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ६ : ३४ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६