पूर्वी युक्रेनका पृथकतावादीद्वारा गुगलको पहुँचमा रोक « Khabarhub

पूर्वी युक्रेनका पृथकतावादीद्वारा गुगलको पहुँचमा रोक


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोनबासमा क्रेमलिन समर्थक पृथकतावादीले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलको पहुँच रोकेका छन् । टेक्नोलोजी कम्पनीले ‘रुसीविरुद्धको हिंसा’ प्रबद्र्धन गरेको उनीहरूले आरोप लगाएका छन् ।

विद्रोही नेता डेनिस पुसिलिनले सर्ज इन्जिनले पुटिनको सेनाको ज्यान जोखिममा पारेको आरोप लगाए । छिमेकी लुगान्स्क जनवादी गणतन्त्रले अमेरिकी साइट ब्लक गरेको एक दिन पछि दोनेत्स्क जनवादी गणतन्त्रका प्रमुखले गुगलको पहुँचमा रोक लगाइएको घोषणा गरेका हुन् ।

‘आज पश्चिम र युक्रेनले गणतन्त्रमाथि अभूतपूर्व दबाब दिइरहेका छन् र शारीरिक र मनोवैज्ञानिक सुरक्षामा खतरा खडा गरिरहेका छन्’, पुसिलिनले भने, ‘यो दबाबको उद्देश्य दोनेत्स्क जनवादी गणतन्त्रका बासिन्दाहरूलाई धम्की दिनु र उनीहरूको मनोबल तोड्नु हो । ’
उनले अगाडि थपे, ‘हामी पक्का छौं कि तिनीहरू सफल हुनेछैनन । किनभने रूसी भावनालाई तोड्न असम्भव छ, तर यस्तो अवस्थामा निष्क्रिय रहन पनि असम्भव छ ।’

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ३१ बजे

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय