पूर्वी युक्रेनका पृथकतावादीद्वारा गुगलको पहुँचमा रोक | Khabarhub Khabarhub

पूर्वी युक्रेनका पृथकतावादीद्वारा गुगलको पहुँचमा रोक


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोनबासमा क्रेमलिन समर्थक पृथकतावादीले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलको पहुँच रोकेका छन् । टेक्नोलोजी कम्पनीले ‘रुसीविरुद्धको हिंसा’ प्रबद्र्धन गरेको उनीहरूले आरोप लगाएका छन् ।

विद्रोही नेता डेनिस पुसिलिनले सर्ज इन्जिनले पुटिनको सेनाको ज्यान जोखिममा पारेको आरोप लगाए । छिमेकी लुगान्स्क जनवादी गणतन्त्रले अमेरिकी साइट ब्लक गरेको एक दिन पछि दोनेत्स्क जनवादी गणतन्त्रका प्रमुखले गुगलको पहुँचमा रोक लगाइएको घोषणा गरेका हुन् ।

‘आज पश्चिम र युक्रेनले गणतन्त्रमाथि अभूतपूर्व दबाब दिइरहेका छन् र शारीरिक र मनोवैज्ञानिक सुरक्षामा खतरा खडा गरिरहेका छन्’, पुसिलिनले भने, ‘यो दबाबको उद्देश्य दोनेत्स्क जनवादी गणतन्त्रका बासिन्दाहरूलाई धम्की दिनु र उनीहरूको मनोबल तोड्नु हो । ’
उनले अगाडि थपे, ‘हामी पक्का छौं कि तिनीहरू सफल हुनेछैनन । किनभने रूसी भावनालाई तोड्न असम्भव छ, तर यस्तो अवस्थामा निष्क्रिय रहन पनि असम्भव छ ।’

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १० : ३१ बजे

धार्मिकस्थल ‘जलजला’ जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला

गत आर्थिक वर्षमा ९ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज– आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष (आव)मा ९

भारी वर्षाको पूर्वानुमान : विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं – मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी

शिक्षासहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा संसदीय समितिको बैठक

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाम – भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा