बागलुङको भकुण्डेमा फस्टाउँदै किवी खेती « Khabarhub

बागलुङको भकुण्डेमा फस्टाउँदै किवी खेती


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किवीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किवी लगाएका छन्। पाँच बोटमै वार्षिक पाँच सय किलो किवी फल्ने गरेको उनी बताउँछन् ।

मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किवी फलाउन सकिने थापाको अनुभव छ । “पहिला किवी परीक्षणका लागि लगाए, अब अन्य स्थानमा खेती विस्तार गर्ने योजनामा छु”, उनले भने । अहिले भकुण्डेमा थापासहित अन्य किसानले व्यावसायिक रुपमा किवी खेती गर्दै आएका छन् । पछिल्लो समय किवी खेती गर्ने किसानको सङ्ख्यामा बढ्दै गएको छ । काँटछाँट र उचित हेरचाह गर्नसके मनग्य आम्दानी गर्न सकिने किसान बताउँछन् ।

पर्यटकीय गाउँका रूपमा परिचित भकुण्डेको उपल्लो भागमा घर बास (होमस्टे) फस्टाउँदै गएको छ । सोही क्षेत्रमा किवीको सफल उत्पादन भइरहेको छ । पाहुनाले किवी रुचाउने गरेकाले बजारको समस्या नभएको अतिथि सत्कार घर बासका सञ्चालक इन्द्रकुमारी थापाले बताइन्। भकुण्डेमा फस्टाउन थालेको किवी खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने बागलुङ–१० का वडाध्यक्ष तिलबहादुर थापा बताउँछन्।

“किवी खेतीको राम्रो सम्भावना छ”, उनले भने । भकुण्डेको तल्लो भागमा सुन्तला खेती र उपल्लो भागमा किवी खेतीका लागि किसानलाई प्रोत्साहन गर्ने योजना वडा कार्यालयसँग छ । किवी प्रतिकिलो स्थानीय बजारमा रु तीन सयदेखि रु तीन सय ५० सम्ममा बिक्री हुन्छ । किवीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु, रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्छ ।

बजारमा माग बढ्दै गएको बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिए। किवी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा गर्न सकिन्छ । रोपेको तीन वर्षपछि किवीले उत्पादन दिन थाल्ने किसान बताउँछन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : ४९ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको