सनसिल्क नेपालद्वारा ‘सनसिल्क दशैँ भाइब्स २’ को तयारी « Khabarhub

सनसिल्क नेपालद्वारा ‘सनसिल्क दशैँ भाइब्स २’ को तयारी


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– सनसिल्क नेपालले यस वर्ष पनि ‘सनसिल्क दशैँ भाइब्स २’ को तयारी गरीरहेको छ । नेपालको महान चाडहरुमा आफ्ना ग्राहकको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडादशैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगिता सनसिल्क दशैँ भाइब्स अभियान शुरु गरेको थियो र त्यो अभियान भव्यरूपमा सफल पनि भएको थियो।

उक्त अभियानले नेपाली युवतीहरूलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ्ग अफ गल्र्सको एक हिस्सा बनेर ब्राण्डसंग आवद्ध हुने मौका दिएको थियो । आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एंबेसडरद्वय प्रिन्सीप्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए। प्रतियोगिता को विजेताको रुपमा उनीहरूले यस वर्षको सीमित विशेष दशैं प्याकमा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्,  यो प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदै छ । यो नयाँ प्याक मा ३ भिन्न प्रकार रहेका छन्, ।

हेयर फल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट । नेपालको लाखौं घरमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिए को छ। यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरु मध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो।  सनसिल्क संसारको सबै भन्दा ठूलो हेयर केयर ब्राण्डमध्येको एक हो र वर्षौँ देखि यो उपभोक्ताहरूको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको नं ब्युटी ब्रान्ड पनि हो। युवतीहरुमा लुकेको सम्भावनाहरू उजागर गर्न र हर प्रकारका सम्भावनाहरूमा लागि उनीहरुको केशलाई तयार बनाउन सनसिल्कले दशकौं देखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। 

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले भने ‘लाखौं उपभोक्ताद्वारा रुचाइएको र देश भर बिक्री हुने, सनसिल्क निस्सन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड हो। गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगिता आफैमा एक अभूतपूर्व सफल अभियान थियो। सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरूले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछ उनीहरु उत्साहित हुने गर्दछ । हामीले उनीहरूको सुन्दरकपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौं । हामी विश्वास गर्दैछौँ, सौन्दर्य सरल छ र धेरै तरिकाबाट यसलाई कैद गर्न सकिन्छ। हामी हाम्रा उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसंगै हाम्रा ब्राण्डहरुलाई आबद्ध गराउन चाहन्छौं। सनसिल्क ग्याङ्ग अफ गल्र्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयासको अंग हो।’

महान चाड दशैँ नजिकिंदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि शुरु गर्ने तयारी गरिरहेको छ, जसले लाखौं नेपाली नेपाली युवतीहरूलाई आफ्नो सुन्दर कपाललाई प्याक मा प्रदर्शन गर्न पाउने अवसर फेरी पनि प्रदान गर्ने छ।सनसिल्क दशैँ भाइब्स लेआफ्नोअनगिन्तीको सेढुङ्गाहरुमध्ये फेसबुक, इन्स्टाग्राम र टिकटकभरमा ६ करोड भन्दाबढी भ्यूज प्राप्त गरेको थियो भनें २८५४ जनाले सहभागीता जनाएका थिए र यस वर्ष सनसिल्क दशैं भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  २ : २८ बजे

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)

कांग्रेस-एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था आयोः उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेको

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

कास्की – जावलाखेल युथ क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना