एनएमबि बैंकद्वारा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना « Khabarhub

एनएमबि बैंकद्वारा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिलाहरूको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । महिलाहरूलाई थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको भन्दै बैंकद्वारा सञ्चालन गरेको  उक्त कार्यक्रमले भविष्यमा थप टेवा पुर्‍याउने बैंकको अपेक्षा छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसङ्घका महिला पदाधिकारीहरू, महिला उद्यमीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका महिला प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहको थियो ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  २ : ३७ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष