अलैँचीको मूल्य लगातार घट्न थालेपछि किसान चिन्तित « Khabarhub

अलैँचीको मूल्य लगातार घट्न थालेपछि किसान चिन्तित


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे- इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदे बालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।

रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एक लाख माथिले बिक्री भएको अलैँचीलाई खोल्साको कालो सुनको उपनामसमेत दिइएको छ । तर सोही अलैँची हाल करिब ३० हजार प्रति मन बिक्री हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भाउ घटेको छ । बर्सेनि भाउ ओरालो लाग्न थालेपछि किसान चिन्तित बनेका छन् । पछिल्लो समय अन्नबाली मासेर किसानले बारीमा अलैँची लगाउन थालेका छन् । एकातिर विभिन्न रोगले अलैँची मासिने र अर्कातिर भाउ घट्दै गएपछि अलैँचीको विकल्प खोज्नेतिर किसान पुगेका छन् ।

भारतको बाटो भएर विदेश निर्यात हुने अलैँचीले देशको अर्थतन्त्रमानसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर सरकारी क्षेत्रबाट मासिँदै गरेको अलैँची ब्युँताउन खास किसान समक्ष कार्यक्रम नै नल्याएको किसानको गुनासो छ । गएको वर्ष खरिद गरेर राखिएको अलैँची यस वर्ष बढी मूल्यमा बेच्ने आशामा राखिएको भए पनि मूल्य घटेपछि व्यवसायीसमेत चिन्तित छन् । यस वर्ष प्रतिमन ३२ हजारले खरिदबिक्री भइरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले बताए। उनका अनुसार राम्रो माल मात्र सो मूल्यमा किन्न सकिन्छ ।

अलैँची टिप्ने कामदारलाई पनि उच्च मूल्य दिइने गरिएको छ । वर्ष भरी पानी लगाउने, मलजल र स्याहार गर्ने खेताला लगाएर अलैँची टिप्ने साथै छोडाएर सुकाउन्जेलमा किसानलाई धेरै नाफा नहुने उनीहरूको भनाइ छ । नेपालमा ४० जिल्लामा यसको खेती हुँदै आएको बताइएको छ । प्रदेश नं १ को इलामसहित पाँचथर तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङमा यसको व्यावसायिक उत्पादन हुने गरेको छ ।

नेपालमा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । साथै सात हजार नौ सय ५४ मेट्रिक टन वार्षिक अलैँची उत्पादन हुँदै आएको बताइएको छ । सरकारले नेपालको अलैँची नेपालमा नै प्रशोधन गर्न पहल गरे यसको मूल्य पुन बढ्ने किसानको भनाइ छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ४६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको