प्रभु बैंककाे नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न « Khabarhub

प्रभु बैंककाे नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– आज होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा (एएसडीपी) को लाभग्राहीका लागि प्रभु बैंक लि. द्वारा विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आइएफएडी को आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम हो ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरूको गरिबी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य, गरिबी विहीन, र शून्य भोकमरी प्राप्तिमा योगदान पुर्‍याउनु उक्त कार्यक्रमको लक्ष्य रहेको थियो ।

कार्यक्रममा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी प्रभु बैंक लि.का  सीबीसीओ सुनिल रानालगायत कर्णाली प्रदेश अन्तर्रगतका शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो । एएसडीपीका संयोजक विनोद कुमार भट्टराईले एएसडीपीको परिचय सहित उक्त कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गराएका थिए ।

प्रभु बैंक लि.का  प्रमुख माइक्रोफाइनान्स डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले ब्क्म्एको लाभग्राहीका लागि सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउनका लागि छुट्टैलोन प्रोडक्ट बनाई कार्यान्वयन गरिने जानकारी गराउँदै कर्णाली प्रदेश तथा सो अन्तर्रगतका शाखाप्रमुखहरुलाई कार्यक्रम अन्तर्रगतका लाभग्राहीलाई सहज रुपमा कर्जा प्रवाह गराई  वित्तिय साक्षरता उपलब्ध गराउन समेत आग्रह गरेका थिए । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : ५० बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई