पाकिस्तानमा १ करोड महिला मतदाता थपिए « Khabarhub

पाकिस्तानमा १ करोड महिला मतदाता थपिए


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व आर्थिक मञ्चले सार्वजनिक गर्ने विश्वव्यापी लैङ्गिक समानता सूचकमा पाकिस्तान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द नेशन पाकिस्तानका अनुसार यस सूचक सार्वजनिक भएसँगै त्यहाँ लैङ्गिक असमानताको विषयमा चर्चा सुरु भएको छ ।

यद्यपि केही क्षेत्रमा भने पाकिस्तानमा महिलाको सहभागिता सुधारोन्मुख रहेको पाइएको छ । हालै पाकिस्तानको राष्ट्रिय तथ्यांक एवम् दर्ता प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१८ मा भएको आम निर्वाचनयता १ करोड महिलाले मताधिकार पाएको द नेशनले जनाएको छ ।

यससँगै पाकिस्तानमा महिला मतदाताको संख्या झण्डै ५ करोड ७० लाख पुगेको छ । सन् २०१७ मा पाकिस्तानको तथ्यांक एवम् दर्ता प्राधिकरण एवम् निर्वाचन आयोगले लैङ्गिक असमानता न्यूनीकरणका लागि थालेको अभियान अनुसार महिला मतदाताको संख्या बढेको द नेशनले जनाएको छ ।

यद्यपि नयाँ मतदाताका रुपमा दर्ता भएका महिलाहरुले निर्वाचनका दिन मत हाल्न आउनसक्ने वातावरण भने अझै बनिनसकेको जनाइएको छ । परिवारले बाहिर जान नदिने एवम् अन्य कुप्रथाका कारण अझै पनि पाकिस्तानमा महिलाहरु म्तदान अधिकारबाट बञ्चित रहँदै आएका छन् ।

पाकिस्तानको संविधानको धारा २५ ले सबै नागरिकलाई कानूनका अगाडि समान मानेको छ । त्यसैगरी सन् २०१७ को निर्वाचन ऐनमा १० प्रतिशत महिला मतदाताको संख्या नपुगेको खण्डमा मतदान नै रद्द हुने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : २४ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा