ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ « Khabarhub

ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मादक पदार्थ सेवन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीको नियमित रात्रिकालिन चेकीङ क्रममा उनीहरुले प्रहरीमाथि अभद्र व्यवहार गरेका हुन् ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका २ घर भइ हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ र धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल रहेका छन् । पक्राउ परेका मध्ये श्रेष्ठ बस चालक हुन भने धिताल ट्याक्सी चालक हुन् ।

किर्तिपुरको त्रिभुवन विश्वबिद्यालय अगाडीको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक श्रेष्ठ, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा भेटिए पछि प्रहरीले कारबाही गर्न खोजेको थियो तर उनले उल्टै प्रहरीमाथि नै अभ्रद व्यवहार गरे । त्यस्तै भक्तपुरको जगातीमा गएराती भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक धितालले पनि मादवक पदार्थ सेवन गरी ट्याक्सी चलाई रहेको पाएपछि पक्राउ गरेको हो ।

पक्राउ परेका धिताल उपर अभद्र व्यवहार मुद्धामा ७ दिन म्याद थप अनुमती लिइ प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ३६ बजे

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ