जापानमा कोरोनाका कारण एकै दिन ३४३ जनाको मृत्यु « Khabarhub

जापानमा कोरोनाका कारण एकै दिन ३४३ जनाको मृत्यु


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ ।

जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ ।

अघिल्लो दिन ३२७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

दैनिक सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा दुई लाख आठ हजार पाँच सय ५१ जना सङ्क्रमित भएका हुन् ।

कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएकाले सरकारले फेरि कतिपय गतिविधिहरूमा कडाइ गर्न लागेको छ । मास्क लगाउनु पर्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ५० बजे

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ