संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भयो : प्रचण्ड « Khabarhub

संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भयो : प्रचण्ड


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका हुन्।

उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथिको प्रहार भएको बताए। सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाइ छ । उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राखे। देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरू प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गरे।

नेपाल  राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ । प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा राखे।

उनले तीन खम्वे अर्थनीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको विकास गर्नुपर्ने बताए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ५६ बजे

कांग्रेसको निर्वाचन निर्देशिका सार्वजनिक, छुटेका लागि अझै मतदाता नामावलीमा समेटिने

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो आगामी १५औं महाधिवेशनलाई व्यवस्थित र मर्यादित

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

काठमाडौं– सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि