संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भयो : प्रचण्ड « Khabarhub

संविधानको पालक र संरक्षकबाटै संविधान मिच्ने काम भयो : प्रचण्ड


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका हुन्।

उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथिको प्रहार भएको बताए। सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाइ छ । उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राखे। देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरू प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गरे।

नेपाल  राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ । प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा राखे।

उनले तीन खम्वे अर्थनीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको विकास गर्नुपर्ने बताए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ५६ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्