आज काग तिहार « Khabarhub

आज काग तिहार


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज काग तिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो(मीठो खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

आज कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ।

कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्द्धन पूजा, नेपाल संवत् र म्हः (आत्मपूजा) एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ४० बजे

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् ।

चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात