विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्वीकारसम्म « Khabarhub

विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्वीकारसम्म


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा आजः १७० विद्रोही बन्धकदेखि जाँ पालद्वारा नोबेल पुरस्कार अस्विकारसम्म
आज २३ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही घटनाः

चेचेन बिद्रोहीद्वारा १७० विद्रोही बन्धक
मोभासर बारेभले नेतृत्व गरेको करिब ५० चेचेन विद्रोहीको समूहले सन् २००२ का मस्कोस्थित एक नाट्यशाला कब्जा गरी ८५० जनालाई बन्धक बनाएका थिए। विद्रोहीले सर्वसाधरणलाई तीन दिनसम्म बन्धक बनाएका थिए। बन्धक बनाइएका व्यक्तिलाई रिहा गर्ने क्रममा प्रहरी र विद्रोहीबीच गोली हानाहान हुँदा १७० जनाको मृत्यु भएको थियो।

बेरुत बम हमला
सन् १९८३ मा लेबनानको गृहयुद्धमा अमेरिका र फ्रान्सको ब्यारेक अगडि भएका दुई ओटा बम बिस्फोटमा ३०० फ्रान्सेली र अमेरिकी सेनाको मृत्यु भएको थियो। जिहादी समूहले सो विस्फोटको जिम्मा लिएको थियो।

जाँ पाल सात्रद्वारा नोबेल पुरस्कार अस्वीकार
सन् १९६४ मा फ्रान्सका प्रसिद्ध दार्शनिक तथा साहित्यकार जाँ पाल सात्रले आफूलाई प्रदान गरेको साहित्यतर्फको नोबेल पुरस्कार अस्वीकार गरेका थिए।

फुटबल बादशाह पेलेको जन्म
आजकै दिन अर्थात् २३ अक्टोबर १९४० मा ब्राजिलका फुटबल बादशाह पेलेको जन्म भएको थियो। ८० वर्षीय पेलेको वास्तविक नाम इडसन आरेन्टेस ते दो नासिमेन्टो हो।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ४९ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,