सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति « Khabarhub

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।

गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन्। आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो।

आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो। यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले आइतबार चौथोपटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो।

गत भदौ २१ मा एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गएको उजुरी परेको थियो।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १२ : ५१ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा