सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिवमा चिनियाँ राष्ट्रपति सीलाई अभूतपूर्व तेस्रो कार्यकाल « Khabarhub

सत्तारुढ कम्युनिष्ट पार्टीको महासचिवमा चिनियाँ राष्ट्रपति सीलाई अभूतपूर्व तेस्रो कार्यकाल


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सत्तारुढ कम्युनिष्ट पार्टीमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी महासचिवमा निर्वाचित भएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा सीलाई हेरिएको छ ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो ।

उक्त सत्रमा सीलाई पार्टीको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । यससँगै पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

पार्टीले सूचीकृत गरेका २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् । सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट बिदा लिने भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ५९ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय