रत्नपार्कमा १९ औँ ‘काग सम्मेलन’ को आयोजना | Khabarhub Khabarhub

रत्नपार्कमा १९ औँ ‘काग सम्मेलन’ को आयोजना


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ आयोजना गरिएको छ ।

ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान १९ औँ काग सम्मेलन गरिएको हो । काग सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने ईलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गरेका हुन् ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यसवर्ष पनि काग बोलाएर सम्मेलन गरेका हुन् । “कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्”, उनले भने ।

काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ । काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : ५७ बजे

कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुन नदिने के छ रणनीति ?

सुर्खेत– कर्णाली प्रदेशका प्रमुख राजमार्गलाई बर्सात समयमा अवरुद्ध हुन नदिनका

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न

कञ्चन गाउँपालिकाका पाँच सय परिवारले पाए एकसाथ लालपुर्जा

काठमाडौं– रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब पाँच सय परिवारले एकसाथ लालपुर्जा

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक

वर्षा नभएपछि महोत्तरीमा रोपाइँ प्रभावित, किसानलाई खडेरीको चिन्ता

महोत्तरी– समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका