नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिरा काजी थापा चयन « Khabarhub

नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिरा काजी थापा चयन


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गीतकार तथा निर्देशक हिरा काजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा निर्मातासमेत रहेका थापालाई महासचिवमा चयन गरेको हो ।

सोसाइटीले विज्ञप्ति जारी गर्दै कार्यकारी पूर्व महासचिव मनसुधन थापामगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट अवकाश भएसँगै उक्त रिक्त पदमा निर्देशक थापालाई चयन गरिएको जनाएको छ । कार्यकारी पूर्व महासचिव मनसुधन सह सचिव पदमा यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त महासचिव थापा लामो समयदेखि बेलायतमा रहेर नेपाली गीत संगीत र कला क्षेत्रमा सक्रिय छन् । गीतकार तथा निर्देशक थापाका शब्दमा चर्चित गायिका अञ्जु पन्तको स्वरमा ‘मैले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौँ’, नबिन के भट्टराईको स्वरमा रहेको ‘सायद तिमी नै हौ मेरो दिलको धड्कन’, पहिलो नेपाल आइडल विजेता गायक बुद्ध लामाको स्वरमा रहेको ‘के छ खबर’ लगायत सैयौँ गीतहरु बजारमा आइसकेका छन् ।

हाल बेलायतमा रहेका थापा नयाँ चलचित्र निर्देशनका लागि कात्तिकमा नेपाल आउँदैछन् । जसको छायांकन माघ अन्तिम साताबाट हुनेछ । जसको हाल स्क्रिप्टको काम भइरहेको निर्देशक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ११ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को