नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिरा काजी थापा चयन | Khabarhub Khabarhub

नेपाल फिल्म सोसाइटी युकेको महासचिवमा हिरा काजी थापा चयन


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गीतकार तथा निर्देशक हिरा काजी थापा नेपाल फिल्म सोसाइटी युकेको महासचिव चयन भएका छन् । नेपाल फिल्म सोसाइटी युकेले सर्वसम्मत रुपमा निर्मातासमेत रहेका थापालाई महासचिवमा चयन गरेको हो ।

सोसाइटीले विज्ञप्ति जारी गर्दै कार्यकारी पूर्व महासचिव मनसुधन थापामगर आफ्नो व्यवसाय कार्यभार व्यस्तताको कारण शनिबारबाट अवकाश भएसँगै उक्त रिक्त पदमा निर्देशक थापालाई चयन गरिएको जनाएको छ । कार्यकारी पूर्व महासचिव मनसुधन सह सचिव पदमा यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त महासचिव थापा लामो समयदेखि बेलायतमा रहेर नेपाली गीत संगीत र कला क्षेत्रमा सक्रिय छन् । गीतकार तथा निर्देशक थापाका शब्दमा चर्चित गायिका अञ्जु पन्तको स्वरमा ‘मैले रुँदा आँशु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौँ’, नबिन के भट्टराईको स्वरमा रहेको ‘सायद तिमी नै हौ मेरो दिलको धड्कन’, पहिलो नेपाल आइडल विजेता गायक बुद्ध लामाको स्वरमा रहेको ‘के छ खबर’ लगायत सैयौँ गीतहरु बजारमा आइसकेका छन् ।

हाल बेलायतमा रहेका थापा नयाँ चलचित्र निर्देशनका लागि कात्तिकमा नेपाल आउँदैछन् । जसको छायांकन माघ अन्तिम साताबाट हुनेछ । जसको हाल स्क्रिप्टको काम भइरहेको निर्देशक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ११ बजे

अपडेट : सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौं – शुक्रबार बिहानका राति काठमाडौं उपत्यकामासहित देशभर ठुलो भूकम्पको

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

काठमाडौं – काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महुसुस भएको छ

जबरजस्तीकरणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ

भक्तपुर – जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला

फेरि सर्‍यो दशौँ राष्ट्रिय खेलकुद

काठमाडौं – कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको नयाँ मिति

काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला

काठमाडौं – काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव