चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त « Khabarhub

चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दा सामान्य लाग्ने र ‘माइनर क्राइम’ मानिने चोरीका घटनाबाट जुम्ली समाज आक्रान्त छ । जतिबेला ठूला चाडपर्व सुरु हुन्छ त्यति नै बेला चोरीका घटना मौलाउने गरेका छन् । चाडबाडको वेला सर्वसाधारण रमझममा लागेको मौका छोपेर चोरले धान सम्पति चोर्ने गरेका छन् ।

११ असोजको राति वीरेन्द्र कपडा पसल र विष्णु सुनचाँदी पसलमा ठूलो आगलागी भयो । आगलागीको कारण चोरी थियो । चन्दननाथ नगरपालिका ९ का तिलक भण्डारीको कपडा पसलको सामान चोरी गर्न नसकेपछि आगो लाइएदिएको अनुमान छ । आगोलागीबाट सबै सामान जलेर नष्ट भयो । यही पसलबाट सल्किएको आगोले विष्णु सुनचाँदी पसल पनि खरानी भयो ।

तिहार नजिकिँदै गर्दा जुम्लामा फेरि यस्तै घटना भएको छ । शनिबार राति ९ बजेतिर न्यु लक्ष्मी सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । चन्दनाथ नगरपालिका ४ का नन्दु सार्कीको सर्भिसिङ सेन्टरमा डिजल र पेट्रोल छर्केर आगलागी भएको छ । सञ्चालक सार्की भन्छन्, ‘शनिबार भएकाले ५ बजेतिर पसल बन्द गरेर घर गएको थिए । राति साढे ९ बजेतिर पसलमा आगलागी भएको खबर आयो । सटर फोडेर सामान चोर्न सम्भानवा नभएपछि आगजनी गरिएको अनुमान छ ।’ आगजनीबाट केही थान मोटरसाइकल र अटो सर्भिसिङका सबै मेसिन नष्ट भएको उनले बताए । सार्कीका अनुसार २५ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ ।

जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार अहिलेसम्म अनुमान मात्रै गरिएको र थप अनुसन्धान नभइ कसले आगजनी गरेको हो भन्न सकिने अवस्था छैन । सबैभन्दा बढी चोरीका घटना चाडबाडमा हुने गरेको प्रहरीको अपराध सम्बन्धी वार्षिक आँकडाले देखाउँछ । यसबाट जुम्लासहित देशका कुनै भाग अछुतो छैनन् । प्रहरीको वार्षिक अपराध चार्टभित्र महत्वका साथ समेटिने गरे पनि चोरीका घटनालाई प्रायः सामान्य अपराधका रूपमा लिने गरिएको पाइन्छ ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँको कार्यकालमा जुम्ला बजारका मुख्य चोकमा सिसिटभी राख्ने निर्णय भएको थियो । चोरीजस्ता आपराधिक गतिविधि रोक्न र प्रहरीलाई अनुसन्धानमा सहज गर्न यस्तो निर्णय भएको हो ।

प्रशासनले सिसिटिभी राख्ने अनुमति दिने र चन्दननाथ नगरपालिकाको आर्थिक सहयोग गर्ने भनिएको थियो । यो निर्णय कार्यान्वयन नहुँदा अनुसन्धान गर्न चुनौती भएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, ‘जुम्लाका हुने आपराधिक गतिविधि रोक्न सिसिटिभी अति आवश्यक छ ।’

यस्तै, नेपाल पत्रकार माहासंघका अध्यक्ष नेत्रबहादुर शाहीका अनुसार सवारी साधनहरूमा आगलागी गर्ने समूह पनि जुम्लामा सक्रिय छन् । उनका अनुसार चोरीलाई शहरी जीवन निर्वाहको पेसा बनाउनेदेखि मोजमस्तीका निम्ति चोरी गर्नेहरूका समूह बढ्न थालेको छ । यस्ता गतिविधि रोक्न प्रहरीलाई सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ५५ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार