खोटाङमा पटाका खरिद बिक्री गर्न र पड्काउन रोक « Khabarhub

खोटाङमा पटाका खरिद बिक्री गर्न र पड्काउन रोक


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसारपसार, खरिद बिक्री र प्रयोगमा पूर्ण रोक लगाएको जनाएको छ ।

प्रशासनले कोही कसैबाट पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ खरिद बिक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने चेतावनी दिएको छ । तिहारको समयमा पटाका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बन्देज लगाएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य नगर्न पनि आग्रह गरिएको छ । प्रशासनले तिहारमा रातको १० बजेसम्म मात्र देउँसी भैली सञ्चालन गर्न पनि सूचना जारी गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना