भैरहवामा पत्रकार महासंघद्वारा कार्यविधि मिचेर पुरस्कार वितरण | Khabarhub Khabarhub

भैरहवामा पत्रकार महासंघद्वारा कार्यविधि मिचेर पुरस्कार वितरण


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधिविपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार २०७८ बाट पुस्कृत गरेको हो ।

१५ भदौ २०७९ मा नेपाल पत्रकार महासंघ रुपन्देहीले चलानी नम्बर ९ बाट पुरस्कार वितरणको लागि प्रकाशन तथा प्रसारण भएको सामाचर सामग्रीसहित २२ भदौसम्म उपलब्ध गराउन आह्वान गरेको थियो । सूचनामा पत्रकार महासंघ रुपन्देहीमा आबद्ध भई पत्रकारिता गरेको पाँच वर्ष पुगेको हुनु पर्ने मापदण्ड उल्लेख छ । तर २०७७ मा सदस्यता लिएका पौडेललाई मापदण्डविपरित पुरस्कृत गरिएको छ ।

महासंघ रुपन्देहीले गठन गरेको मूल्यांकन समितिको निर्णयअनुसार उनलाई पुरस्कृत गरेको हो । पुरस्कार स्थापना गर्ने संस्था सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो ।

त्यस्तै, बुटवल पब्लिक स्कुलद्वारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि नयाँ सदस्य पूजा पन्थीलाई प्रदान गरिएको छ । पन्थीलाई बुटवल पब्लिक स्कूलका प्राचार्य यमलाल शर्मा, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । पन्थी पनि महासंघको सदस्य भएको पाँच वर्ष पुगेको छैन ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सुशासनको कुरा गर्ने संस्थाले सूचना विपरित पुरस्कार वितरण गर्नु गलत रहेको बताए । उनले यो नजिर बन्न सक्छ भन्दै कार्यविधिमै पुरस्कार वितरण गर्नु पर्ने, कार्यविधि नभए बनाउनु पर्ने बताए ।

सूचनाअनुसार कार्यालयमा माग अनुसारको निवेदन पेश नभएको हकमा थप सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । एकै पटक मात्रै सूचना प्रकाशित गरिएको यी पुस्कार नयाँ सदस्यलाई दिएको छ जुन सूचनाविपरित छ । मूल्यांकन समितिको संयोजक तथा महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले एक जना मात्रैको निवेदन परेकोले पौडेललाई वितरण गरिएको बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : २२ बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन