भैरहवामा पत्रकार महासंघद्वारा कार्यविधि मिचेर पुरस्कार वितरण « Khabarhub

भैरहवामा पत्रकार महासंघद्वारा कार्यविधि मिचेर पुरस्कार वितरण


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधिविपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार २०७८ बाट पुस्कृत गरेको हो ।

१५ भदौ २०७९ मा नेपाल पत्रकार महासंघ रुपन्देहीले चलानी नम्बर ९ बाट पुरस्कार वितरणको लागि प्रकाशन तथा प्रसारण भएको सामाचर सामग्रीसहित २२ भदौसम्म उपलब्ध गराउन आह्वान गरेको थियो । सूचनामा पत्रकार महासंघ रुपन्देहीमा आबद्ध भई पत्रकारिता गरेको पाँच वर्ष पुगेको हुनु पर्ने मापदण्ड उल्लेख छ । तर २०७७ मा सदस्यता लिएका पौडेललाई मापदण्डविपरित पुरस्कृत गरिएको छ ।

महासंघ रुपन्देहीले गठन गरेको मूल्यांकन समितिको निर्णयअनुसार उनलाई पुरस्कृत गरेको हो । पुरस्कार स्थापना गर्ने संस्था सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो ।

त्यस्तै, बुटवल पब्लिक स्कुलद्वारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि नयाँ सदस्य पूजा पन्थीलाई प्रदान गरिएको छ । पन्थीलाई बुटवल पब्लिक स्कूलका प्राचार्य यमलाल शर्मा, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । पन्थी पनि महासंघको सदस्य भएको पाँच वर्ष पुगेको छैन ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सुशासनको कुरा गर्ने संस्थाले सूचना विपरित पुरस्कार वितरण गर्नु गलत रहेको बताए । उनले यो नजिर बन्न सक्छ भन्दै कार्यविधिमै पुरस्कार वितरण गर्नु पर्ने, कार्यविधि नभए बनाउनु पर्ने बताए ।

सूचनाअनुसार कार्यालयमा माग अनुसारको निवेदन पेश नभएको हकमा थप सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । एकै पटक मात्रै सूचना प्रकाशित गरिएको यी पुस्कार नयाँ सदस्यलाई दिएको छ जुन सूचनाविपरित छ । मूल्यांकन समितिको संयोजक तथा महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले एक जना मात्रैको निवेदन परेकोले पौडेललाई वितरण गरिएको बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : २२ बजे

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा