सप्तरी-२ मा उपेन्द्र यादव भन्दा सिके राउत १० हजार बढी मतले अगाडि « Khabarhub

सप्तरी-२ मा उपेन्द्र यादव भन्दा सिके राउत १० हजार बढी मतले अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सुरुदेखि नै आफ्नो अग्रतालाई कायमै राखेका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका हुन्।

मङ्गलबार राति १० बजेसम्मको परिणामअनुसार राउतले २१ हजार छ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसपा अध्यक्ष यादवले १० हजार आठ सय ८७ मत प्राप्त गरेका छन्।

जसपा अध्यक्ष यादवको भन्दा १० हजार सात सय ३० बढी मत ल्याएर ल्याएर राउत अगाडि छन्।

यस्तै लोसपा नेता जयप्रकाश ठाकुरले चार हजार चार सय ५८ मत ल्याएका छन्। अहिलेसम्म सप्तरी क्षेत्र नं २ मा ३९ हजार आठ सय १९ मतगणना भएको छ। जसमा एक हजार नौ सय ९० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आइतबार भएको निर्वाचनमा क्षेत्र नं २ को कुल ९५ हजार तीन सय ९४ मतदातामध्ये ६४ हजार पाँच सय ६० मत खसेको थियो।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : १० बजे

चाहनाले नै मैले मधेसबाट चुनाव लड्ने निर्णय गरेको हुँ : सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था