सप्तरी-२ मा उपेन्द्र यादव भन्दा सिके राउत १० हजार बढी मतले अगाडि « Khabarhub

सप्तरी-२ मा उपेन्द्र यादव भन्दा सिके राउत १० हजार बढी मतले अगाडि


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सुरुदेखि नै आफ्नो अग्रतालाई कायमै राखेका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका हुन्।

मङ्गलबार राति १० बजेसम्मको परिणामअनुसार राउतले २१ हजार छ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसपा अध्यक्ष यादवले १० हजार आठ सय ८७ मत प्राप्त गरेका छन्।

जसपा अध्यक्ष यादवको भन्दा १० हजार सात सय ३० बढी मत ल्याएर ल्याएर राउत अगाडि छन्।

यस्तै लोसपा नेता जयप्रकाश ठाकुरले चार हजार चार सय ५८ मत ल्याएका छन्। अहिलेसम्म सप्तरी क्षेत्र नं २ मा ३९ हजार आठ सय १९ मतगणना भएको छ। जसमा एक हजार नौ सय ९० मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आइतबार भएको निर्वाचनमा क्षेत्र नं २ को कुल ९५ हजार तीन सय ९४ मतदातामध्ये ६४ हजार पाँच सय ६० मत खसेको थियो।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : १० बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले