विवादभित्रै बहस जन्माएको कतार विश्वकप | Khabarhub Khabarhub

विवादभित्रै बहस जन्माएको कतार विश्वकप


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कतारमा जारी विश्वकप फुटबल धेरै कारणले विवादमा रहेको छ। सबैभन्दा धेरै त्यहाँ आप्रवासी कामदारमाथिको ज्यादती र एलजीबीटीक्यु माथिको मानव अधिकार हननका विषय समाचारमा उठाइएका छन्। एडीडास, एजी र कोकाकोला जस्ता संसारका हस्ति ब्रान्डबाट प्रयोजनको कुरा उठाइएको यस विश्वकपका लागि फिफाले पहिले नै कतारले टिकट र ब्रोडक्रास्टिङको अधिकार समेत दिएको थियो।

यो विश्वकप आर्थिक रूपमा घाटामा जाने त होइन भन्ने चिन्तासमेत धेरैमा देखिन थालेको छ। यसले दीर्घकालीन रूपमा कतारको अर्थतन्त्रलाई नै सङ्कटमा पार्ने समस्या देखिएको छ। आप्रवासी कामदारमाथि गरिएको ज्यादतीको कारण नै केही प्रायोजक भाग्ने सम्भावना देखिएको छ।

कामदारका मेहनत र परिश्रमका कारण कतारमा विश्वकपको आयोजना सम्भव भएको हो। तीनै कामदारको कारण कतारले समृद्धिको बाटो समेत लिएको थियो। अहिले तीनै कामदारमाथिको ज्यादतीले श्रम बजारमा पर्ने नकारात्मक असरले धेरै समय त्यहाँको अर्थतन्त्रमा असर गर्न सक्ने छ।

दीर्घकालीन रूपमा कतारको अर्थतन्त्रलाई नै सङ्कटमा पार्ने समस्या देखिएको छ। आप्रवासी कामदारमाथि गरिएको ज्यादतीको कारण नै केही प्रायोजक भाग्ने सम्भावना देखिएको छ।

बिड गरेको एक वर्षपछि कतार आयोजनाको टुङ्गो लागेको थियो। त्यो समयमा कतारको उत्साह कम्ती थिएन। ३० लाख मानिसको जनसङ्ख्या भएको सानो देश कतार। भौतिक संरचनाको अभाव थियो भने एकै पटक धेरै दर्शकको आतिथ्यता स्वीकार गर्ने अवस्था नै त्यहाँ थिएन।

त्यहाँको परम्पराले रक्सी वितरण बर्जित थियो। पेनेन्सुला खाडीमा रहेको कतारको तापक्रम गृष्म ऋतुको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी नै हुन्छ। डिसेम्बर २०१० मा कतार फुटबल आयोजक कमिटीका कार्यकारी प्रमुख हसन अल थवाडीले गर्मीले विश्वकप आयोजनामा कुनै अप्ठेरो हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले सहर नै चिस्याइने प्रविधिको विकास गर्ने कसम समेत खाएका थिए।

कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णयको तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आलोचना गरेका थिए। युरोपेली सञ्चार माध्यमले त तेल ग्यासको प्रभावमा फिफा परेको आरोपसहितका समाचार लेख्न सुरु गरेका थिए।

त्यस भन्दा अगाडि पनि केही अप्रत्याशित निर्णय भएका थिए। सन् १९३८ मा कुख्यात तानासाह मुसोलीनीको नेतृत्व रहेको इटालीलाई आयोजनाको अवसर दिइएको थियो भने सन् १९७८ मा सैनिक शासन भएको अर्जेन्टिनाले सो अवसर पाएको थियो।

सन् १९७१ मा स्वतन्त्र भएको कतारले सन् १९९० पछि आर्थिक उन्नतिको पहाड नै छोएको थियो । त्यहाँको सरकारले केही जोखिम मोल्दै तेल र ग्यास सम्बन्धमा केही महत्त्वपूर्ण निर्णय गरेको थियो। प्राकृतिक ग्यासलाई तरल बनाउने कतारी अवधारण त्यसै समयमा अगाडी ल्याएको हो।

सन् १९९५ मा सेख हमादले आफ्नो बाबुबाट सत्ता लिएपछि कतारको यात्राले नयाँ गति लिएको थियो। सन् २००० को दशकको मध्यमा कतार एलएनजी ग्यासको सबै भन्दा ठुलो वितरक भई सकेको थियो। त्यसपछि कतारको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव अझ बढेको हो। सेख हमिदले अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्ने नयाँ नीति पनि त्यसै समयमा लिएका थिए। त्यो लामो यात्रा सहेर आएको कतारका सफलताका आफ्नै कथा छन्। साथमा दुखका केही विषय पनि छन्।

कतारलाई विश्वकप आयोजना गर्न दिने निर्णयको तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आलोचना गरेका थिए। युरोपेली सञ्चार माध्यमले त तेल ग्यासको प्रभावमा फिफा परेको आरोपसहितका समाचार लेख्न सुरु गरेका थिए।

कतारले यस विश्वकपको आयोजना गर्ने केही लक्ष्य र उद्देश्य थिए। त्यसो त रग्बी विश्वकप र एसियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गरेको कतारले धेरै अगाडी देखि नै आफूलाई नयाँ खेल हबको रूपमा स्थापित गर्न खोजेको अनुमान धेरैको थियो। कतारको यात्रा त्यत्तिमा रोकिएन। कतारले विश्व एथलेटिक्स च्याम्पियनसिपको पनि आयोजना गरिसकेको छ।

देशमा रहेको तेल खानीलाई अधिकतम उपयोग गर्दै समृद्धिको अझ माथिल्लो उचाइमा पुग्ने कतारको योजना लामो समयदेखि कै हो। कतारको यो लामो समयको योजनाले फुटबलको मुलमर्मलाई ध्वस्त पारेको आरोप पनि लाग्न थालेको छ।

फुटबलमै समर्पित हुनेहरूले त यसको खुलेर आलोचना गर्न थालेका छन्। जर्मनीमा केही युवाले त यो फिफाकै गम्भीर गल्ती भएको जनाएको छ। उनीहरूको विचारमा विश्वकप फुटबल प्रतियोगिता मात्र नभएर एउटा महोत्सव पनि हो । कतारमा जारी विश्वकप भने महोत्सवको रूपमा रहन सकेको छैन।

गृष्म ऋतुमा मौसमको कारण सम्भव नहुने भए पछि मिति सारेरै भए पनि कतारमा आयोजना हुनुलाई धेरैले अझ गम्भीर भुलको रूपमा लिएका छन्। कतारलाई आयोजनाको अधिकार दिने फिफाको तत्कालीन कार्य समितिका धेरै जना अहिले बर्खास्तमा परेका छन्। मानव अधिकारको सवालमा कमजोर रहेको कारण पनि कतार छनोट अत्यन्त लगत भएको धेरैको धारणा छ।

विश्वकप फुटबल प्रतियोगिता मात्र नभएर एउटा महोत्सव पनि हो । कतारमा जारी विश्वकप भने महोत्सवको रूपमा रहन सकेको छैन।

कतारी लिगमासमेत हजारौं दर्शक नहुने कतारले फुटबलको संस्कृति बिगारेको आरोप समेत लगाइएको छ। कतारको यो प्रतियोगिता धेरैका लागि महत्त्वपूर्ण हुनसक्ने छ। जर्मन रक्षक फिलिम ल्हामको विचारमा अन्य धेरै कारणले यो विश्वकप बहिष्कार गर्न लायक छ। अरबको यो पहिलो विश्वकपलाई अहिले युरोपेलीले फरक ढङ्गले हेरेका छन्।

वर्षौदेखि एउटै लयमा चलिरहेको घरेलु लिग पनि जाडो यामको यो विश्वकपले प्रभावित भएको छ। धेरै ठूला घरेलु लिग अहिले केही समयका लागि भनेर रोकिएको छ।

त्यसो त आयोजक राष्ट्रको कमजोर स्तरले विश्वकपमा प्रतिकुल असर गरेको आरोप पनि लाग्न थालेको छ। आरोप अनुसार कतारको सुरुवात पनि राम्रो हुन सकेन। समूह एमा रहेको कतारले पहिलो खेलमा इक्वेडरसँग हारको सामना गरिसकेको छ। इटालीका अनुपस्थितिले संसारका धेरै देशका समर्थकलाई निराश तुल्याएको छ । आफूले समर्थन गरेको देश नभएका कारण धेरै देशका समर्थक कतार पुग्नबाट रोकिएका छन्।

यी यावत नकारात्मक पक्षका बाबजुद साउदी अरेबियाले अर्जेन्टिनालाई पछाडि पार्नुले केही खेलका लागि दर्शकलाई तानिने सम्भावना छ। साउदी अर्को अरबी देश भएका कारण त्यहाँबाट कतार आउने र फुटबलमा चासो दिने सम्भावना छ।

कतारले भौतिक संरचना तयार गर्नमा दुई सय २० बिलियन अमेरिकी डलर खर्च गरेको छ। कतारमा एक महिनाको अवधिमा १५ लाख जनाले भ्रमण गर्ने अपेक्षा गरिएको छ। कतारले यसै विश्वकपमार्फत अर्थतन्त्रलाई माथिल्लो स्थानमा उकास्ने लक्ष्य त राखेको थियो। धेरै कम्पनीलाई ब्रोडकास्टीङको अधिकार बेचेको कतार अहिले त्यत्तिमा खुसी छैन।

कतारले भौतिक संरचना तयार गर्नमा दुई सय २० बिलियन अमेरिकी डलर खर्च गरेको छ। कतारमा एक महिनाको अवधिमा १५ लाख जनाले भ्रमण गर्ने अपेक्षा गरिएको छ।

कतार पूर्ण सन्तुष्ट हुन नसक्नुमा अन्य कारण पनि छन्। विश्वकपको ठिक अगाडिका केही घटनाले संसारको अर्थतन्त्रलाई प्रतिकुल असर गरेको छ। कोरोना महामारीपछि संसार नै बाहिर निस्कन प्रयास गरिरहेको समयमा एकाएक रुस र युक्रेन युद्धले अर्को समस्या उत्पन्न भएको छ। अहिले संसारमा ऊर्जा संकट, आर्थिक मन्दी र खाद्यान्न अभावको समस्या बढी रहेको छ। जत्ति युद्ध अगाडी बढ्दै त्यसले यी सबै समस्यालाई बउाउदै लैजाने छ।

युद्धमा सहभागी दुवै देश संसारका धेरै खाद्यान्न उत्पादन गर्ने देश हुन्। यसको असर अबको लामो समयसम्म पनि पर्न सक्नेछ।

यी सबै समस्याको बीचमा आयोजित विश्वकप फुटबलले कतारलाई लाभ दिने छ या घाटा भन्ने समयले देखाउने छ। तर, आफ्नै देशको राष्ट्रिय टोलीले गरेको कमजोर प्रदर्शन र अहिले उत्पन्न आर्थिक समस्याका कारण कतारले अपेक्षा गरे अनुसार सकारात्मक भने पक्कै हुने छ। किनकी श्रम बजारको यो नकारात्मक असर त अझ लामो समयसम्म रहने नै छ।

(स्रोत : बीबीसी, सीएनएन, अलजजीरा)

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : १३ बजे

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको