अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा  « Khabarhub

अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा 


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबमा आज सार्वजनिक बिदा दिइएको छ।

साउदी अरबका राजा तथा दुई पवित्र मस्जिदका संरक्षक सलमानले निर्देशन जारी गरेर बुधबार सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्।

मंगलबार भएको खेलमा अर्जेन्टिनाविरुद्ध साउदी राष्ट्रिय टोलीको शानदार जितको खुसीको अवसर मनाउन त्यहाँका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको सिफारिस अनुसार बिदा दिने निर्णय गरिएको हो ।

कतारको लुसेल रंगशालामा भएको खेलमा ग्रिन फाल्कन्सले फुटबलका सुपरस्टार लियोनल मेसीको अर्जेन्टिनालाई २–१ गोल ​​अन्तरले पराजित गरेको थियो ।

खेलको दोस्रो हाफमा ग्रीन फाल्कन्सका लागि सालेह अल-शेहरी र सलेम अल-दवसारीले गोल गरे भने अर्जेन्टिनाका लागि लियोनल मेस्सीले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

अर्जेन्टिनाविरुद्ध ऐतिहासिक जित निकालेपछि साउदीको राजधानीमा समर्थकहरूले नृत्य गर्दै खुसीयाली साटेका थिए। उनीहरूले राष्ट्रिय झन्डा फहराउँदै खुसी मनाएका थिए। साउदी अरबले अब आउँदो शनिबार पोल्याण्डसंग खल्नेछ ।

नेपाली दूतावास पनि बन्द
साउदी अरबको रियादस्थित नेपाली दूतावास पनि आज बन्द रहेको छ । दूतावासले मंगलबार राती एक सूचना जारी गर्दै साउदी सरकारको निर्णयअनुसार दूतावास बन्द रहेन जनाएको हो ।

‘हामी पनि यो अपूर्व खुसीयालीको क्षण साउदी सरकार र नागरिकहरूसँग बाँड्न चाहन्छौं। टिम-साउदीलाई धेरै धेरै बधाई । आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं ।’ दूतावासले जारी गरेको सूचनामा भनेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : २० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष