गोरखाका चारवटै प्रदेश सभा सदस्यमा गठबन्धन विजयी « Khabarhub

गोरखाका चारवटै प्रदेश सभा सदस्यमा गठबन्धन विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा – गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् ।

गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा तथा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए ।

गोरखा १ (क) मा धितालले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् । धितालले १४२७६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी थापाले ८८०२ मत पाएका छन् । १ (ख) मा न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । न्यौपानेले १६२६५ मत पाउँदा भट्टराईले ७५३३ मत पाए ।

गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लडेका देवकोटाले एमालेका राजु रानालाई पराजित गरे । देवकोटाको १०२४७ मत आउँदा रानाले ४२०४ मत पाए । (ख) मा कांग्रेसका पाण्डे अत्यधिक मतले विजयी भएका छन् । उनले एमालेका बसन्त गुरुङलाई हराएका हुन् । पाण्डेको १५२२९ मत आउँदा गुरुङले ४५२९ मत मात्रै पाए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ०६ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले