डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी « Khabarhub

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले) का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र) का नेता शिव सिंह ओली विजयी भएका छन् । प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत पाएका छन् । 

अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत प्राप्त गरेका छन् । यहाँ ३३ हजार तीन सय २२ मत खसेको थियो । एक हजार नौ सय १९ मत बदर भएको छ ।

प्रदेशसभा २ तर्फ लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिवा सिं ओलीले एमाले उम्मेदवार टेक बमलाई नौ सय १९ मतले पछि पार्दै विजयी भएका छन् । 

विजयी ओलीले १४ हजार ४७ मत प्राप्त भएका गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार एक सय २८ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । यस क्षेत्रमा तीनजना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

अर्का उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बमले एक हजार तीन सय २७ प्राप्त गरे । यहाँ ३० हजार दुई सय ३४ मत खसेको थियो । एक हजार ३२ मत बदर भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : १० बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द