जुम्ला-१ (१) मा स्वतन्त्र उम्मेदवार शाही विजयी « Khabarhub

जुम्ला-१ (१) मा स्वतन्त्र उम्मेदवार शाही विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले एक हजार आठ सय ९९ मतान्तरले विजयी भएका छन् । 

आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार शाही विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए। शाहीले कूल नौ हजार छ सय ५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेस पार्टीका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले सात हजार सात सय ५५ मत प्राप्त गरेका छन्

त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार धीरेन्द्रराज गिरीले पाँच हजार चार सय ७० मत प्राप्त गरेको मुख्य  निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । त्यस्तै नेमकिपाका राजेश्वर देवकोटाले छ सय ९४ मत प्राप्त गरेका छन् । सो प्रदेशसभामा २४ हजार सात सय ५५ मत खसेको थियो । एक हजार ८२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचित प्रदेशसभा सदस्य शाही विसं २०७४ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गजेन्द्रबहादुर महतसँग झन्डै दोब्बर मतान्तरले पराजय भएका थिए । कांग्रेसले प्रदेशमा टिकट नदिएपछि शाहीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । 

जिल्लाको दुईवटै प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले हार बेहोर्नुपरेको छ । जुम्लामा गठबन्धन ‘क्लिन स्वीप’ भएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन भएको थियो । प्रदेशसभा सदस्य (२) मा एमालेका टेकराज पछाईं निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा सदस्यको मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ३८ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले