सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहन्छ : राजमो अध्यक्ष केसी « Khabarhub

सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहन्छ : राजमो अध्यक्ष केसी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले गठबन्धन सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहने बताएका छन् ।

बागलुङ निर्वाचन क्षेत्र नं १ मा २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएका केसीले आज बागलुङ बजारमा निकालेको विजयी र्‍यालीपश्चात् आयोजित कोणसभामा बागलुङमा गठबन्धन सफल भएको बताए ।

उनले बागलुङ जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनका साझा उम्मेदवार विजयी भएकाले गठबन्धन शतप्रतिशत सफल भएको बताउँदै प्रतिगमनका विरुद्धमा आफ्नो लडाइँ अगाडि बढाएको टिप्पणी गरे ।

“बागलुङमा प्रतिगमन परास्त भएको छ, गठबन्धन सफल भयो, राष्ट्रिय जनमोर्चाले मिल्दो एजेण्डामा मात्रै गठबन्धनमा सहभागी भएको छ, नमिल्दा एजेण्डा हाम्रो पार्टीका मात्रै हुन”, अध्यक्ष केसीले भने, “गठबन्धन चुनावपछि समेत कायम हुन्छ, जनमोर्चाले सरकारमा जाने नजाने विषयमा केही निर्णय गरेको छैन, बागलुङको समग्र विकासमा सक्दो भूमिका खेल्ने छु, मतदातालाई धन्यवाद ।”

सादगी र स्वच्छ छविका नेताको रुपमा परिचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चौथो पटकलाई संसद् यात्रा तय गरेका छन् । पन्ध्र वर्षपछि चुनावी मैदानमा उत्रिएका ८२ वर्षीय केसी चौथोपटक संसद् भवन छिर्दैछन् । विसं २०५४ र २०६४ मा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका केसी २०७० सालमा समानुपातिकबाट संसद् छिरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : २५ बजे

अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले अन्तिम पटक सहमतिका

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा