खोटाङमा माओवादी केन्द्रका रामकुमार राईको अग्रता कायमै « Khabarhub

खोटाङमा माओवादी केन्द्रका रामकुमार राईको अग्रता कायमै


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङमा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई पासाङले चुनावी परिणाममा आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार राई एमालेका बिशाल भट्टराईभन्दा ८२४ मतले अघि छन् । राईले १२ हजार १२५ मत पाउँदा भट्टराईले ११ हजार ३०१ मत पाएका छन् ।

प्रतिनिधिसभातर्फ हालसम्म हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको २५ हजार ९१० मत गणना सकिएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिले खोटेहाङ गाउँपालिकाको मत गणना भइरहेको छ ।

प्रतिनिधिसभातर्फ ६७ हजार ३७३ मत खसेको थियो । निर्वाचन परिणाम अनुसार जसपाका कृष्णकुमार राईले ६९९ मत, राप्रपाका सर्जु श्रेष्ठले २८२ मत, स्वतन्त्रका जयन्द्रकुमार राईले १३५ मत, मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरले ८९ मत, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले ४५ मत र नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले ४८ मत पाएका छन् ।

प्रदेशसभा (क) मा एमालेका पाँचकर्ण राई (पिके) एक हजार ९५ मतले अघि छन् । पिकेले १० हजार ५१३ मत पाउँदा गठबन्धन नेकपा एसका बीलवलकाजी राईले ९ हजार ४१८ मत पाएका छन् । प्रदेशसभा (क) मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ वडा मात्र गणना बाँकी छ । हालसम्म २६ हजार ७९२ मत गणना सकिँदा स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले २ हजार १८२ मत, जसपाका राकेश राईले १ हजार ९६२, नेकपा मालेका पदमप्रसाद आचार्यले १ हजार २२१ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ११५ मत, नेमकिपाका केशव राईले ६० मत र स्वतन्त्रका कुमारप्रसाद भट्टराईले १० मत पाएका छन ।

प्रदेशसभा (ख) मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भूपेन्द्र राई एमालेका रामप्रसाद दंगालभन्दा १ हजार १७६ मतले अघि छन् । भूपेन्द्रले १३ हजार ७५५ र रामप्रसादले १२ हजार ५७९ मत पाएका छन् । प्रदेशसभा (ख) मा बराहपोखरी गाउँपालिकाको मत मात्र गन्न बाँकी छ । हालसम्म २८ हजार ६१९ मत गणना सकिँदा जसपाका प्रेमकुमार राईले ८३९ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले २८६ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले ९८ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले ९८ मत पाएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ३८ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले