कास्की १ (२) मा एमालेका गुरुङ विजयी « Khabarhub

कास्की १ (२) मा एमालेका गुरुङ विजयी


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत कास्की-१ (२) मा नेकपा (एमाले) का उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् । 

पोखरा-१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा आज सम्पन्न मतगणनामा एमालेका गुरुङले १२ हजार छ सय ६१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गुरुङले ११ हजार सात सय ९४ मत ल्याए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महेन्द्रबहादुर कार्कीले तीन हजार छ सय ५६ र हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक हजार पाँच सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका ख्यामबहादुर गुरुङले चार सय ५८, जनता समाजवादी पार्टीका हर्कबहादुर गुरुङले तीन सय ६२, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका गौमती गुरुङले एक सय एक मत ल्याएका छन् । 

सो क्षेत्रको प्रतिनिधिसभाको मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा (एमाले) का मनबहादुर गुरुङ अग्रता बनाएका छन्।  

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ४२ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले