रास्वपाकाे उदयले नयाँ राजनीतिक संस्कारको सुरुवात हुँदैछ : शिशिर खनाल « Khabarhub

रास्वपाकाे उदयले नयाँ राजनीतिक संस्कारको सुरुवात हुँदैछ : शिशिर खनाल


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा विजयी प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफ्नो पार्टीको विजयले मुलुकमा नयाँ राजनीतिक संस्कारको थालनी भएको बताएका छन् ।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाभित्र व्यक्तिको विजय नभई नयाँ राजनीतिक संस्कारको थालनी भएको बताए । ‘नेपालको राजनीतिक कोर्ष नयाँ हुँदैछ’, खनालले भने ।

सीमित स्रोत र साधनका बाबजुद केही व्यक्तिबाट सुरु भएको अभियानले सार्थकता पाएको उनको भनाइ थियो । खनालले सम्पूर्ण नागरिकको हित गर्ने समाज तथा देशको उन्नयनमा सहयोग गर्ने जनताका मुद्दा र सवाललाई संसद्मा लैजाने उल्लेख गरे ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार खनालले १४ हजार दुई सय चार मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ३२ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने