बारा १ मा मतगणना रोकियो « Khabarhub

बारा १ मा मतगणना रोकियो


७ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

बारा – बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा रोकिएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री समेत रहेका उमेदवार उमाकान्त चौधरी एमाले नेता अच्युत प्रसाद मैनालीसँग ५ हजार बढी मतले पछि परेपछि कांग्रेसका मतगणना प्रतिनिधिले दिउँसो ४ बजेबाट विवाद सुरु गरेपछि मतगणना रोकिएको हो ।

यता एमालेभने मतगणना सुचारू गर्न सबैलाई आग्रह गर्दै मतगणना विथोल्न खोज्ने घेरावार तोडफोड गर्नलाई तत्काल खोजिगरी कारबाही हुनुपर्ने माग गरेको नेपका एमाले नेता भरत बहादुर भण्डारीले बताए । उनले सत्ता र शक्तिको दुरुपयोग गर्ने अधिकार कोहि कसैलाई नभएको र तत्काल मतगणना सुचारू गराउन आग्रह गर्दा समेत सुरु नभएको बताए ।

यसअघि बसेको सर्वदलीय निर्णय अनुसार दुई वा सो भन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि अहिले उनिहरुले सम्बन्धित पालिकाको वडा वडाको छुट्टै गणना गर्नुपर्ने भन्दै विवाद गरेका हुन् ।

यता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिको माग अनुसारनै मतगणना गर्न तयार हुँदासमेत प्रतिनिधि उपस्थित नहुदा मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए ।

प्रतिनिधिसभाको मतगणना रोकिएपनि प्रदेशसभाको मतगणना भने जारी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ४१ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने