इँटा भट्टा र सडक छेउमा वायु प्रदूषणले असर धेरै | Khabarhub Khabarhub

इँटा भट्टा र सडक छेउमा वायु प्रदूषणले असर धेरै

चिसो मौसममा बुढाबूढीको स्वास्थ्य जोखिममा



वायु प्रदूषणले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउने चिकित्सकको भनाइ छ। काठमाडौँको धुलाम्मे सडककै कारण पनि उपत्यकाका मानिसमा दमलगायत श्वासप्रश्वास सम्बन्धी रोगका बिरामीको संख्या बढेको छ। बढ्दो वायु प्रदूषणकै कारण केही वर्षयता काठमाडौँ उपत्यकामा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ। काठमाडौंको सडक विस्तार तथा फोहोर व्यवस्थापनमा कमी आएसँगै मानिसमा दम, कडा प्रकारको रुघाखोकी, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखिँदै आएको छ। चिसो मौसम, स्वास्थ्य र वायु प्रदूषणका विषयमा आधारित भएर श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रवि महतसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

हरेक वर्ष बढिरहेको वायु प्रदूषणलाई हामीले कसरी बुझ्ने ?
वायु प्रदूषण भनेको अहिले विश्वव्यापी समस्याको रूपमा रहेको छ। यो बढ्दो औद्योगीकरण र सहरीकरणको कारणले हुन्छ। यसले भौतिक रूपमा सबैलाई असर गर्दछ। वायु प्रदूषणले मानव शरीरमा तत्कालीन र दीर्घकालीन रूपमा असर गर्दछ।

यसले तत्कालीन रूपमा कस्तो असर गर्दछ ?
बायुमा विभिन्न कण रसायन र हानिकारक ग्यास हुन्छन्। धेरैलाई छाला चिलाउने, नाक चिलाउने आँखा रातो हुने हुन्छ। हावामा प्रदूषण भएको हुँदा श्वासप्रश्वास र फोक्सोमा पनि असर गर्दछ।

यसले दीर्घकालीन रूपमा कस्तो असर गर्दछ त ?
प्रदूषणको असर मानिसमा मात्र नभएर सबै जीवमा देखिन्छ। अहिले खानादेखि पिउने पानीसम्म सबैतिर प्रदूषण छ। वायु प्रदूषणले हामीले सास फेर्दा हावामा भएका सानाठूला कणहरू घाँटीमा अड्किने हुन्छ। यसरी अड्किएका कणले गर्दा घाँटी चिलाउने र खोकी लाग्ने हुन्छ। साना कणहरू भित्र फोक्सोमा पुग्दा सीओपीडी दमले सताउने गर्दछ। २.५ माइकोनस भन्दा साना कण वा ग्यास फोक्सो बाटा रगतको नली हुँदै पुरै शरीरमा फैलिन्छन्। जसले गर्दा हृदयघात हुने खतरा हुन्छ।

चिसो बढेसँगै कस्तो व्यक्तिलाई धेरै असर गर्छ ?
काम हेरेर हुन्छ। जो इँटा भट्टाको नजिक र सडकको छेउमा बस्ने मानिसमा धेरै असर गर्दछ। सहरको तुलनामा गाउँमा बस्ने मानिसमा यसले कम असर गर्दछ। बाहिर मात्र प्रदूषण हुने होइन। घर भित्र पनि दाउराको धुँवाका कारण प्रदूषण हुन्छ। यसले ग्रामीण क्षेत्रका महिलामा सीओपीडी दमको समस्या बढी भएको अध्ययनहरुले देखाएका छन्।

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको समस्या किन दोहोरिइरहेको छ ?
बसाइँसराई धरै भएको कारणले जनघनत्व धेरै छ। मोटर साइकलको प्रयोग धेरै भयो, ग्यासको प्रयोग धेरै भयो, काठमाडौँको वरिपरि पहाड भएको कारणले यहाँको फोहोर बाहिर जान ठूलो नै हावा लाग्नु पर्दछ। ठूलो हावा नलागेसम्म प्रदूषण भित्र घुमिराखेको हुन्छ। यसले काठमाडौंमा बढी वायु प्रदूषणको समस्या देखिन्छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि र रुघाखोकी लाग्दा समयमा नै अस्पताल गएन भने कस्तो जोखिम हुन्छ ?
सामान्य रूपमा रुघाखोकी लाग्यो भने आफै निको हुँदै जान्छ। पहिलादेखि नै श्वासप्रश्वासको समस्या हुने बुढाबूढीमा जाडो मौसममा अझ जोखिम हुन्छ। चिसो मौसममा चिसो हावा हुनाले झन् समस्या देखिने भएको हो। त्यसैले आफ्नो शरीरमा केही असजिलो भयो भने तुरुन्त अस्पताल जानु पर्दछ।

यो समस्याबाट कसरी बच्ने ?
यो विश्वव्यापी समस्या हो। वायु प्रदूषणको असरलाई एक जान ब्यक्तिले मात्र समाधान गर्न सक्दैन। तर यसको असर रोक्न हरेक व्यक्तिको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। आफ्नो व्यक्तिगत रूपमा ख्याल गर्नु पर्दछ। बाहिर हिँडडुल गर्दा मास्कको प्रयोग गर्नुपर्छ। बस्तीको बीचमा उद्योग र कलकारखाना खोल्नु हुँदैन। जाडोमा आगो ताप्ने भन्दै प्लास्टिक बाल्नु हुँदैन।

वायु प्रदूषण कम गर्न सरकारी पक्षले के गर्नुपर्ला ?
हामीसँग नियम कानुन छ तर त्यसलाई व्यवहारिक रूपमा पूरा गर्न कसैले सकेको देखिँदैन। कानुन कागजमा मात्र सीमित हुँदा आम नागरिकको स्वास्थ्य जोखिममा छ।

घर बाट बाहिर निस्किँदा के–के कुरामा ध्यान दिने ?
सबै जनाले यो प्रदूषणले आफूलाई मात्र असर गर्दैन यसले आउँदो पुस्तालाई पनि असर गर्दछ भनेर मनन गर्नु पर्दछ। यसको न्यूनीकरणमा सबै जना लाग्नु पर्दछ। बाटोमा हिँड्दा राम्रो खालको मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ भएको नाताले केही सुझाव दिनैपर्ने विषय छन् ?
कोरोना संक्रमणको समयमा मानिसहरू घरमा बस्ने हुँदा धेरै मानिस बिरामी थिएनन्। लकडाउन भएको कारणले बाइकलगायत सवारी साधन नगुड्दा कोरोना भन्दा अरू श्वासप्रश्वासको बिरामी धेरै थिएनन्। त्यसैले मास्क प्रयोग गर्ने र जसरी भए पनि आफ्नो स्तरबाट प्रदूषण कम गर्न लाग्नुपर्छ। चुरोटको धुँवा पनि एक प्रकारको प्रदूषण हो। जङ्गल फडानी लगायतका कार्यबाट पनि प्रदूषण हुन्छ। आफ्नो तहबाट सकेसम्म प्रदूषण हुने काम नगर्न सुझाव दिन्छु।

-प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : १७ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध