युक्रेनको खार्किभ जोगाउने बहादुर युवाको कथा | Khabarhub Khabarhub

युक्रेनको खार्किभ जोगाउने बहादुर युवाको कथा

राष्ट्रपति जेलेन्सीद्धारा राष्ट्र नायकको सम्मान


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : युद्ध आफैमा एउटा त्रासदी हो । युद्धमा धेरै वियोगान्त कथा लेखिने नै छन् । युद्धमा भोगेका हजारौँ कथाहरू धेरैका लागि पठनीय हुन सक्छ । तर, ती मध्येका थोरै कथा बाहिर आउँछन् । या भनौँ थोरै कथा धेरैको आँखामा पर्ने छन् ।

यो एउटा यस्तो युद्ध हो । जहाँ युक्रेनी बाबु र छोरा एउटै मोर्चामा भिँडी रहेका छन् । २२ वर्षीय युइगेन ग्रोमाड्सकीका लागि त सुरुवाती दिन साँच्चै अचम्मको थियो । युद्धको पहिलो दिन रुसी ट्याङ्करले खार्किभ लिनका लागि एक पछि अर्को आक्रमण गरी रहेको थियो । ती युवा भने बाबुसँग काँधमा काँध मिलाएर युद्ध मैदानमा प्रवेश गरेका थिए ।

पहिलो एक घण्टामा उनले बहादुरीको नमुना देखाएका थिए । उनको नेतृत्वमा कत्ति थिए र कत्ति हतियार थियो भन्ने पनि यकिन थिएन । यसका बाबजुद उनले आक्रमण गर्न आएका रुसी सेनालाई पहिलो पटक पराजयको स्वाद चखाएका थिए । केहीलाई बन्दी बनाउन पनि सफल भए । उनले देशको सर्वोच्च सैनिक पुरस्कार पाउने अपेक्षा थियो ।

त्यस पछि युद्धका हरेक दिन युक्रेनीहरू उनको चर्चा गर्न थाले । युद्ध सुरु हुँदा उनी लेफ्टिनेन्ट थिए । त्यो बाट बढुवा भएर सिनियर लेफ्टिनेन्ट छन् । उनी १७ औ शताब्दीका लोकप्रिय सैन्य नेता इभान सर्कोको नाममा राखिएको ब्रिगेडमा आबद्ध छन् । इयुगेनको नेतृत्वमा रहेको टोलीमा आबद्ध हुनेहरूले आफूलाई सेनाको विशेष नै ठान्न थालेका छन् ।

डिसेम्बर महिनाको बिहान खार्किभको ७५ किलोमिटर पूर्व एकदम सिरेटोले हान्ने गरेको छ । त्यहाँको तापक्रम माइनस ७ डिग्री सेल्सियस भएको छ । त्यहाँ खुल्ला स्थान छ । रुसी सेना छैन र गर्मी महिनामा उनले बिताएको धेरै स्थान जस्तो कुनै विपत्ति आएमा लुक्ने ठाउँ पनि छैन ।

इयुगेन शक्ति भर्सीटालीटीको रूपमा विकास भई रहेको छ । उनी युद्धको सुरुवात दिन निराशाजनक भएको बताउँछन् । युक्रेनी सेना धेरै जस्तो स्थानमा घर फर्काइएका थिए । पछिल्ला समय युद्धले केही गति युक्रेनको पक्षमा लिएको उनको मत छ ।

गृष्म ऋतुसम्म उनीहरू तयारी नगरेर युद्धमा गए जस्तो या अलि बढी रक्षात्मक थिए । सेप्टेम्बर महिना देखि उनीहरू आक्रामक भएका थिए । यो क्रम बालकलियाबटा सुरु भएर कुपीयान्स्कमा पुगेको थियो ।

इयुगेनले थप प्रेरणा पाइ रहेका थिए भने युक्रेनी सेनाको आत्मबल बढी रहेको थियो । भर्खरै ग्य्राजुएट भएको समयमा मार्च महिनामा उनलाई भेट्न सञ्चारकर्मी अनुसार त्यो समयमा उनी अलि बढी रक्षात्मक स्वभावका थिए ।

त्यस समयमा रुसी बन्दिलाई उनले कब्जामा लिएको कुरा धेरैलाई थाहा दिन चाहँदैन थिए । हिरो अफ युक्रेन ,अर्डर अफ द गोल्ड स्टारले विभूषित उनी उनका लागि गर्वको विषय थियो । उनको नेतृत्वमा हजारौँ लडाइ लडिएको छ । उनकै सामु धेरै पहिरो गई सकेको छ ।

मुटुको धड्कन बनाउनु तथा मृत्युको जोखिम बढाउन दुवै युद्धको विशेषता हुन् । उनकै आँखा अगाडि उनका धेरै साथीले यो संसार छाडेर गई सकेका छन् । युक्रेनी सरकारले पनि आफ्ना १३ हजार सैनिक मारिएको जनाएको छ ।

मृत्युका बारे उनका आफ्ना केही मान्यता छन् । मृत्युले बहादुरलाई माया गर्छ । उनकै विचारमा चलाख हुन आवश्यक भए पनि मृत्युसँग डराउन आवश्यक छैन । उनको यो कथन आम मानिसको हकमा होइन । यो कथन कम्ब्याट देशमा खटिने योद्धाहरूको हकमा हो ।

हिलोको दलदल भएको एउटा स्थान उनका लागि विशेष हो । यस स्थानमा रुसी सेना लुकेको हुन सक्ने आँकलन सहित उनले धेरै समय त्यहाँ बिताएका थिए ।

त्यसै स्थानमा सेप्टेम्बर महिनाको महत्त्वपूर्ण युद्धको सामना उनले गरेका थिए । धेरै जना एकदमै उत्साहित थिए । उनीहरू प्रत्याक्रमणमा सफलता पाउँदै आफ्नो स्थान फिर्ता गरी रहेका थिए । त्यो सँगैको एउटा गाउँ सहित रुसी निगरानीबाट फिर्ता गराए पछि उनलाई अहिले धेरै आनन्द मिलेको छ ।

कालो र सेतो रङ्ग लक्षित चित्रले सडक भएको प्रस्ट दर्साउँथ्यो । त्यहाँ पुग्नेलाई बाहिर निस्कनका लागि केही कठिनाइ पनि थियो । त्यही स्थानमा रहेको युक्रेनी सेनाले अझै कुने पनि समय प्रत्याक्रमणका लागि तयार भएर बस्नु पर्ने सम्भावना देखेका छन् ।

त्यसै स्थानमा पछिल्लो समय एउटा भीषण लडाइ फेरि भएको छ । यो लडाइका माझ पनि यइुगेनको निन्द्रामा कनै खलबल भएको छैन । मृत्युको भयले केही पनि गरेको छैन । त्यहाँको काम सकेर अर्को स्थानमा जाने समय नभएसम्मका लागि उनका लागि २ घण्टाको समय मात्र बाँकी छ ।

युद्धका अबका समय पनि कठिन छन् । तर, इयुगेन यसका लागि एकदमै सतर्क छन् । साथै सावधान पनि छन् । त्यत्तिकै उत्साहित पनि । उनकै विचारमा वैकल्पिक शक्ति थपिँदो छ । विगतमा लडेका थुप्रै लडाइ भन्दा यसमा केही आधार छन् ।

मौसमले भने केही समस्या पैदा गरेको पक्कै हो । यसका बाबजुद उनको उत्साहमा कुनै कमी छैन । हरेक कोण र कुनामा आफ्नो जत्था अगाडि भएको उनको अनुभव छ ।

अन्य युवाको जस्तो उनलाई पनि रमाइलो गर्न मन लाग्छ । केहीमा रमाउन मन लाग्छ । यसका लागि उनले रुसी सेनासँग खोसेर लिएको टोपी लगाउने गरेका छन् । कुनै ट्याङ्कको माथि बसेर परसम्म हेर्दा उनलाई आनन्द आउँछ । पछिल्ला उपलब्धिले रुसी सेनालाई सबै क्षेत्रमा हराउन सकिन्छ भन्ने आत्म विश्वास उनीमा पलाएको छ ।

त्यसो त उनले यस लडाइमा केही नगुमाएका होइनन् । समय समयमा ऐना अगाडि उभिएर अनुहारको बायाँ पट्टीको दाग हेर्ने गरेका छन् । एक पटक पनि उनी हराइएका थिए । १० दिन उनले अस्पतालमा बिताएका थिए । उनको अनुहारमा जताततै सुनिएका थिए । उनी हाँस्न खोज्थे । तर, हाँस्न सक्दैनथे ।

मार्च महिनाको घटना हो यो । कुपीयान्सकमा उनीहरूको समूह माथि नै आक्रमण भएको थियो । त्यसो त युद्धको सुरुवातमा नै २४ फेब्रुअरीको दिन यइुगेनेको जिन्दगीमा ठुलो चोटको दिन आएको थियो । त्यसै दिन उनका बाबुले आमा मार्फत रुसी सेना प्रवेशको साइरन बजेको खबर गरिन् ।

बाबु ओलेग सेवा निवृत्त सैनिक हुन् । उनको सा पुस्ताले सेनामा बिताएको हो । यस कारण उनको अन्तर करणले कुनै पनि हालतको रुसको आक्रमणबाट सहरलाई जोगाउन पर्छ भन्ने महसुस गर्न थाल्यो ।

उनले अन्य साथीहरूलाई पनि फेसबुकमा सन्देश पठाए । आफू पनि छोरालाई लिएर युद्धमा होमिएको थिए । त्यसै दिन रुसी आक्रमणबाट बाबुको निधन भयो, छोरा युद्धमा खटी रहे ।

बाबु मर्दा युद्ध मैदानमा रहेका छोरा जसोतसो २० मिनेटको समय मिलाएर अन्त्येष्टिका लागि आएका थिए । उनी सरकारले दिएको कुनै पनि सम्मान आफ्नो बाबुमा समर्पित गर्न चाहन्छन् ।

२४ सेप्टेम्बरका दिन राष्ट्रपति भालाडोमिर जेलेन्सकीले इयुगेनलाई राज्यको नायकको रूपमा व्याख्या गरेका थिए । खार्किभ जोगाउन गरेको भूमिकाका कारणलाई उच्च सैनिक पदावधि त दिइयो । उनका बाबुका नजिकका साथी जनरल भालेरी जलुज्नीले इयुगेनले पदक ग्रहण गरेको दृश्य हेरिरहेका थिए । यो दृश्यले उनलाई पनि एकदमै आनन्द दिलायो ।

सन् १९९८ मा यो पदक दिन सुरुआत भए यता त्यस देशका ४ करोड ४० लाख मध्ये ६ सय ५२ ले मा पात्र पाएका छन् । यो आफैमा एउटा महत्त्वपूर्ण उपलब्धि हुँदै हो । यो युद्धको समाप्तिमा धेरै कथा लेखिने छन् । त्यसमा यी बाबु छोराको त्यागको कथा त छँदै छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : ०० बजे

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको

आजको प्रतिनिधिसभा बैठकको कार्यसूची कस्तो छ ?

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक