इलाममा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ « Khabarhub

इलाममा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– इलाममा दुई बच्चासहित एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ सङ्क्रमित थप भएको इलाम नगरपालिका–७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिइन्। जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै  लागूपदार्थ प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाइएको छ ।

रोजगारीकै  शिलशिलामा जिल्लामा एचआइभी सङ्क्रमित वृद्धि भएको  उल्लेख गर्दै उनले कन्यामस्थित एक  होटलमा एचआइभी सङ्क्रमित कार्यरत भएको पाएको र उनको उद्धारसमेत गरिएको बताइएको छ । सङ्क्रमितलाई एचआइभीको आशंका भएमा परीक्षण गराउन फूलगाछीस्थित उक्त आश्रममा सम्पर्क गर्न आग्रह गरिएको छ । विगत ३३ वर्षदेखि शर्मा आफै एचआइभीसँग बाँचिरहेकी अभियन्ता हुन्। 

उक्त वडाकार्यालयले एचआइभीसँग जीवन विताइरहेकाहरुलाई सहयोग गर्न र समुदायमा सचेतना फैल्याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो । उक्त वडामा मात्र छ जनाले नियमित औषधि प्रयोग गरिरहेको जनाइएको छ । जिल्लाका एचआइभीसँग बाँचिरहेका मानिस इलाम बाहेक, झापा, धरान, काठमाडौँ तथा भारतका अन्य सहरबाट औषधि लिने भएकोले जिल्लाको सही तथ्यांक आउन नसक्ने अध्यक्ष शर्माको भनाइ थियो । 

नियमित औषधि प्रयोग गर्ने सङ्क्रमित इलाम, पाँचथर र ताप्लेजुङका छन् । इलामकै मात्र औषधि प्रयोगकर्ताको सङ्ख्या भने ३५ छ । वडाध्यक्ष नरेश श्रेष्ठले जिल्लामा एचआइभीको वर्तमान अवस्था बुझ्दै भावी दिनमा वडाले एचआइभी फैलिनबाट रोक्ने कार्यक्रम गर्न पूर्वतयारीको रुपमा कार्यक्रम आयोजना गरिएको बताए । 

एचआइभीको औषधि निःशुल्क इलाम अस्पतालको एआरटीबाट उपलब्ध गराउन सहयोग गर्ने, एचआइभी भएकाको परिवारकै निःशुल्क स्वास्थ्य बीमा गरिदिने, उनीहरूलाई पुनःस्थापना कार्यक्रम तथा स्वरोजगार बनाउने, नियमित औषधि सेवन गर्नलाई उत्प्रेरणा गर्ने काम लवकुशले गरिरहेको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ०४ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु