पाकिस्तानी ड्रोनले भारतमा अढाई किलो हेरोइन खसालेपछि… « Khabarhub

पाकिस्तानी ड्रोनले भारतमा अढाई किलो हेरोइन खसालेपछि…


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको पञ्जाब राज्यमा पाकिस्तानी ‘ड्रोन’ मार्फत् खसालिएको लागूऔषध हेरोइनसहित एक जना पक्राउ परेका छन् । पाकिस्तानबाट उडेको चालकरहित हवाई उपकरण ड्रोनमार्फत् भारतमा २.६ किलो हेरोइन खसालिएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पञ्जाब राज्यको फजिल्का जिल्लास्थित पाकिस्तानसँगको सीमावर्ती बरिके गाउँमा ड्रोनले हेरोइन खसालेको थियो ।

ड्रोनले शंकास्पद वस्तु खसालेपछि सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले निरीक्षण गरेका थिए । निरीक्षणपछि उक्त वस्तु हेरोइन रहेको खुलेको थियो ।

घटनापछि सुरक्षाकर्मीले एक जना आरोपीलाई पनि पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ९ : १० बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी