हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत घाइते महिलाको उद्धार


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाइँको पहलमा एक घाइते महिलाको उद्धार गरिएको छ ।

उत्तर गोरखाको चुननुब्री गाउँपालिका विही गाउँमा ढुङ्गाले लागेर गम्भीर घाइते भएकी २१ वर्षीय छानी गुरुङलाई आज हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

घाइते गुरुङको अहिले धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । घाइते गुरुङ धार्चे गाउँपालिका–२ की बासिन्दा हुन् । गुरुङको टाउकोमा ढुङ्गाले लागेको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसदले यसअघि पनि विपद्मा परेका गोरखाका उत्तरी क्षेत्रका बासिन्दालाई उद्धार गरी उपचारमा सहयोग गर्दै आएका छन् । उनले हिजो संसद्भवन नयाँ बानेश्वरमा शपथग्रहण गरेपछि आफ्नो तलबभत्ताबाट विपद्मा परेकालाई उद्धार गर्नका लागि खर्च गर्ने बताए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ५३ बजे

१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्