खोटाङ फुटबल एकेडेमीलाई सहयोग « Khabarhub

खोटाङ फुटबल एकेडेमीलाई सहयोग


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको खोटाङ फुटबल एकेडेमी (केएफए)लाई इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलले साथ दिएको छ ।

दिक्तेलबजारमा केही समयअघि खुलेको होन्डाको आधिकारिक विक्रेता इकिमा इन्टरप्राइजेजले खोटाङ फुटबल एकेडेमीलाई एक वर्षका लागि प्रायोजक बनेर साथ दिएको हो ।

‘फुटबल सबैका लागि’भन्ने नारासहित २०७३ सालदेखि विभिन्न उमेर समुहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दैआएको केएफएलाई इकिमा इन्टरप्राइजेजले ५० हजार बराबरको सहयोग गर्नेगरी आइतबार एक वर्षे सम्झौता गरिएको छ। स्वतःस्फुर्तरुपमा खेलाडी उत्पादन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैआएको केएफएको प्रोत्साहनका लागि आधिकारिक प्रयायोजकका रुपमा साथ दिइएको इकिमा इन्टरप्राइजेज प्रालि दिक्तेलका प्रोपाईटर किरणजित राईले बताए ।

केएफए र इकिमा इन्टरप्राइजेज बीचको सम्झौताले जिल्लामा पहिलोपल्ट फुटबल क्लव र व्यापारिक संस्थाबीच सहकार्यका लागि प्रायोजन गर्ने/गराउने अभ्यासको थालनी भएको छ । केफएको फुटबल प्रशिक्षणले जिल्लाको खेल क्षेत्रको भविष्यमा सुनौलो योगदान पुग्ने भएकाले साथ दिइएको इकिमा इन्टरप्राइजेजले जनाएको छ । इकिमा इन्टरप्राइजेजको साथले फुटबल प्रशिक्षणलाई नियमित सञ्चालन गर्न र नयाँ खेलाडी उत्पादन गर्दै जिल्लाको फुटबललाई व्यवसायीक बनाउने प्रयासमा हौसला मिलेको खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेस श्रेष्ठले बताए ।

‘आउ बढाउ हातहरु खेलाडी बनाउन, देशको निम्ति फेरी अर्को सपुत जन्माउन’ भन्ने नारा अवलम्वन गरेको केएफएले शनिबार बाहेक हप्ताको ६ दिन दिक्तेलको माटिकोरे खेलमैदानमा फुटबल प्रशिक्षण सञ्चालन गर्दैआएको छ ।

हाल केएफएमा विभिन्न उमेर समुहका १२० जना खेलाडी नियमित प्रशिक्षणमा छन् । सहभागी खेलाडीलाई श्रेष्ठले बिहान साँढे पाँचदेखि साँढे सात बजेसम्म प्रशिक्षण दिने गरेका छन् । सन् २००७ मा अष्ट्रेलिया पुगेका श्रेष्ठ सन् २०१३ मा घर फर्किएर स्वयंसेवी प्रशिक्षकको भूमीका निर्वाह गरिरहेका छन् । हालसम्म जिल्लाका ९०० किशोर किशोरीलाई प्रशिक्षण दिँदा पाँच सयको हाराहारीमा खेलाडी उत्पादन भइसकेको प्रशिक्षक श्रेष्ठले बताए ।

फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ २०७३ सालमा स्थापना गरिएको केएफएको पहलमा दिक्तेलको माटिकोरे खेलमैदानमा करिब सात हजार दर्शक अट्ने दिक्तेल रंगशाला निर्माणको काम अघि बढेको छ । रंगशालाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले २७ मंसिरमा ४ करोड ८० लाखको टेण्डर आव्हान गरिसकेको छ । केएफएले एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने जिम्मा लिएको जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : १९ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२