प्रशासनको आदेश मन्त्री र गाउँपालिका अध्यक्षबाटै उल्लंघन « Khabarhub

प्रशासनको आदेश मन्त्री र गाउँपालिका अध्यक्षबाटै उल्लंघन


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – कोभिड-१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको आदेशको प्रदेश मन्त्री र गाउँपालिका अध्यक्षले उल्लंघन गरेका छन् । जिल्लामा कोभिडको तेस्रो भेरीयन्ट फैलिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले २९ पुस र ४ माघमा आदेश जारी गरेको थियो ।

आदेशको पहिलो बुँदामा ‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ महिना सम्म सञ्चालन नगर्ने ’उल्लेख गरिएको छ । कार्यक्रम गर्न परे पनि एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना सहभागी हुने गरी सञ्चालन गर्न पाउने आदेश जारी भएको थियो । तर, जनप्रतिनिधिले नै उल्लंघन गरे पनि प्रशासन मौन छ ।

प्रशासन कार्यालयबाट २९ बुँदे आदेश जारी भए पनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार योजना विकासमन्त्री सहसराम यादव प्रमुख अतिथि भई माघी तथा खिचडी महोत्सवमा सहभागी भएका थिए । कोरोनाको कारण जिल्लाका धेरै माघी महोत्सव रोकिए पनि सयौँको भिडमा मास्क नलगाई प्रदेश मन्त्री नै सहभागी भएका थिए ।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा पनि आदेश उल्लंघन गरी कार्यक्रम सञ्चालन भएको छ । मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले प्रशासनको आदेश उल्लंगन गर्दै खेलकुद प्रतियोगिताको उद्घाटन गरे । जनता समाजवादी पार्टी कपिलवस्तु जिल्ला अध्यक्षले शैलेन्द्र यादवले मायादेवी गाउँपालिका अध्यक्ष चौधरीले भिडभाड जम्मा गरी ब्याटिङ गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन् ।

मायादेवी गाउँपालिका-८ गुलरीमा जनसेवा समाजद्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगिता वडा कार्यालयको सहयोगबाट सञ्चालनमा छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार मायादेवी गाउँपालिकामा मात्र १० जनालाई कोरोना देखिएको छ । पालिकामा परीक्षण गर्ने व्यवस्था नभएकाले स्थानीय कोरोना परीक्षणका लागि कपिलवस्तु अस्पताल पुग्छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ३० बजे

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान