इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीको सहज जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सीको सहज जित


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् ।

आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १-१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे ।

भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ३२औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दा लिभरपुल२-० ले अगाडि बढ्यो ।

५५औं मिनेटमा प्यालेसका इडवार्डले गोल गर्दै दूरी २-१ को स्थिति झारे । खेलको ८९औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा छ ।

अर्को खेलमा चेल्सीले टोटेनहमलाई २-० अन्तरले हरायो । घरेलु मैदानमा चेल्सीलाई जितउन हाकिम जिएच र थियागो सिल्भाले १-१ गोल गरे ।

४७औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सिल्भाले गोल गर्दा चेल्सीलाई सहज जित तर्फ अग्रसर भयो ।

जितसँगै चेल्सी २४ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा छ ।

राति भएको अन्य खेलमा आर्सनल र बर्नलीले गोल रहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १-१ गोलको बराबरी खेले ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ५६ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु