बजारमा नक्कली मह, खाद्य विभागले बल्ल मुख खोल्यो « Khabarhub

बजारमा नक्कली मह, खाद्य विभागले बल्ल मुख खोल्यो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुमतिपत्र लिन भनेको छ ।

मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन ।

तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कली महसहित नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

खाद्य विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै नियमकानुनबारे सार्वजनिक सूचना जारी गरेको हो । ‘महको उत्पादन तथा प्याकिङ गरी बिक्रीवितरण गर्ने खाद्य उद्योगले खाद्य ऐन २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को नियम २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा अनुज्ञाप लिइ र प्रत्येक आर्थिक वर्षका लागि नवीकरण गरेर मात्र मह उत्पादन तथा बिक्रीवितरण गर्न हुन जानकारी गराइन्छ ।’

महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ । साथै महको लेवलमा अनिवार्य रुपमा अनुज्ञापत्र खुलाउन भनिएको छ । अनुमतिपत्र नभएको मह उपभोग नगर्न पनि उपभोक्तालाई आह्वान गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ५९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण