बजारमा नक्कली मह, खाद्य विभागले बल्ल मुख खोल्यो « Khabarhub

बजारमा नक्कली मह, खाद्य विभागले बल्ल मुख खोल्यो


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुमतिपत्र लिन भनेको छ ।

मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन ।

तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कली महसहित नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।

खाद्य विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै नियमकानुनबारे सार्वजनिक सूचना जारी गरेको हो । ‘महको उत्पादन तथा प्याकिङ गरी बिक्रीवितरण गर्ने खाद्य उद्योगले खाद्य ऐन २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को नियम २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा अनुज्ञाप लिइ र प्रत्येक आर्थिक वर्षका लागि नवीकरण गरेर मात्र मह उत्पादन तथा बिक्रीवितरण गर्न हुन जानकारी गराइन्छ ।’

महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ । साथै महको लेवलमा अनिवार्य रुपमा अनुज्ञापत्र खुलाउन भनिएको छ । अनुमतिपत्र नभएको मह उपभोग नगर्न पनि उपभोक्तालाई आह्वान गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ५९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको