नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने « Khabarhub

नेपाली नर्स बेलायत आइपुग्न अझै एक वर्ष लाग्ने


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– नेपाल र बेलायत सरकारबीच श्रम सम्झौता भई नेपाली नर्सहरू बेलायत ल्याउने प्रक्रिया पुरा गर्न अझै एक वर्ष लाग्ने भएको छ । बेलायतमा रहेका नेपाली नर्सहरूको संस्था नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी गराएको हो ।

एनएनए युकेले बेलायतको स्वास्थ्य मन्त्रालय (डिपार्टमेण्ट अफ हेल्थ एण्ड सोसल केयर) सँग गरेको छलफलमा मन्त्रालयका अधिकारीहरूले सो सुझाव दिएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । एनएनए युकेका अध्यक्ष सुनिता गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयसँग हालै भएको छलफलमा उनीहरूले नेपाल सरकारसँगको पहिलो छलफल सकारात्मक भएको र नेपालबाट नर्स ल्याउन एक वर्ष लाग्न सक्ने बताएको जानकारी दिइन् ।

एनएनए युकेकी महासचिव बिनु लामिछानेले एउटा नर्सलाई बेलायत ल्याउँदा करिब चार हजार पाउण्ड खर्च लाग्न सक्छ । यो सबै पैसा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) वा त्यसमार्फतको एजेन्सीले तिर्नेछ । नेपाली नर्सहरूले एक पैसा पनि तिर्न नपर्ने उनले बताइन् । एनएनए युकेका पूर्व अध्यक्ष बासु लामिछानेले नेपालबाट बेलायत आउन चाहने नर्सहरूलाई बेलायतमा दर्ताका लागि बेग्लै व्यवस्था नभएको प्रष्ट पारे । उनले बेलायतले बिरामीहरूको सेवामा स्तर कायम गर्न अंग्रेजी भाषाको मापदण्ड बनाएको र नेपालबाट आउनेका लागि मात्र अंग्रेजी भाषाको स्तर घटाउने सम्भावना नभएका बताए ।

अध्यक्ष गौतमले बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालबाट बेलायत आउन चाहने नर्सहरूलाई धेरै नहौसिन, नआत्तिन र खाईपाई आएको जागिर अहिल्यै नछोड्न अपील गरेको बताए । उनले प्रशस्त जागीर भएकाले नआत्तिन, धैर्य गरी अंग्रेजी भाषाको परीक्षा पास गरेर मात्र बेलायत आउन उनले आग्रह गरिन् । नेपालका मिडियाहरूमा बेलायतमा नर्सहरूले पाउने तलबका बारेमा बढाइचढाइ गरिएकोमा अध्यक्ष गौतमले बेलायतमा नर्सहरूको शुरुवाती तलब वार्षिक करिब २५ हजार पाउण्ड रहेको र लण्डन लगायतका क्षेत्रमा भत्ताबापत २० प्रतिशतसम्म अतिरिक्त रकम दिइने गौतमले प्रष्ट पारिन् । बेलायतमा कार्यरत अर्का नर्स राजेन्द्र पुडासैनीले पनि नेपाली नर्सहरूलाई जागिर नछाड्न, धेरै उत्साहित नहुन र बेलायत आउनका लागि कसैलाई पैसा नतिर्न सचेत हुुन आग्रह गरे ।

एनएनए युकेकै इन्दिरा बस्यालले एनएनए युकेले बेलायतमा कार्यरत नेपाली नर्सहरूको हितका लागि विभिन्न कार्यक्रम गरिँदै गरेको जानकारी दिइन् । नेपाल नर्सिङ एसोसिएनका अध्यक्ष मन राईले नेपालबाट बेलायत नर्स लैजाने बारेमा नेपाल सरकारले आफूहरूसित आधिकारिक रुपमा छलफल नगरेको बताइन् ।

नेपालको मोडल नर्सिङ कलेजकी प्रिन्सिपल सुमिता पाठकले राज्यकै प्रत्यक्ष संलग्नतामा विदेशमा नर्सहरु पठाउँदा नेपालको नर्सिङ क्षेत्रमा भविष्यमा पर्ने असरका बारेमा ध्यान दिनुपर्ने बताइन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ३० बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका