दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव « Khabarhub

दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोनाविरुद्धको अतिरिक्त थप एक डोज खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

दोस्रो डोज वा जोन्सन एण्ड जोन्सन खोप लगाएका ६ महिना पुरा भएका अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई अहिले पहिले लगाएको खोपको थप अतिरिक्त एक डोज खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

यही माघ १४ गतेपछि ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने उनको भनाई छ । त्यसैगरी, जनप्रतिनिधि, सरकार कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पछि छिट्टै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पतालबाट अतिरिक्त खोप लगाउने तयारी गरिएको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।

अग्रपंक्तिमा खट्ने र लक्षित वर्गलाई खोप लगाउन करिब ४० हजार डोज खोप रहेको कार्यालयको भनाई छ । यसैबीच खोप पर्याप्त भए पनि अहिले दाङमा सिरिन्ज अभाव भएको छ । सिरिन्ज अभाव भएकै कारण अतिरिक्त खोप कार्यक्रमलाई तीव्रता दिन केही समस्या भएको प्रमुख शाहीले बताए । अबको एक हप्ता भित्र सिरिन्ज आउने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ६ : २८ बजे

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा