नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा « Khabarhub

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सडकको नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्याले जानकारी दिए ।

निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले गैंडा मरेको थियो । नालाको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर गैंडा मरेको हो ।

नाला खनेर महिनौँसम्म यत्तिकै छाड्दा यो सडकखण्डमा दुर्घटनाको जोखिम छ । गैंडा मरेको ठाउँ निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत पर्ने भएकाले नाला निर्माणमा सडक डिभिजनको लापरबाही देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य बताउँछन् ।

मध्यवर्ती क्षेत्रमा कंक्रिटको नाला बनाउन निकुञ्जको स्वीकृति पनि नलिइएको उनले बताए । ‘सडकले अनुमति नलिई काम गर्‍यो । ठेकेदारले काम गर्दा विचार पुर्‍याएन, लापरबाही गर्‍यो’, उनी भन्छन्, ‘मध्यवर्तीमा काम गर्दा निकुञ्जको अनुमति वा स्वीकृति लिनुपर्ने थियो । त्यो देखिएन ।’

लापरबाही गर्नेलाई मुद्दा चलाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सरकारी वकिलले निर्णय गर्ने उनले बताए । ‘अहिले हामीले अनुसन्धान गर्छौँ, मुद्दा चल्ने-नचल्ने भन्ने विषयमा चाहिँ सरकारी वकिलले निर्णय गर्नुहुन्छ’, उनले भने, ‘अनुसन्धानलाई अघि बढाउन सहायक वार्डेनलाई अनुसन्धान अधिकृत तोकेको छु ।’

लापरबाहीकै कारण गैंडाको मृत्यु भएको भन्दै लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने संरक्षणकर्मीहरूले बताएका छन् । सन् २०२१ को गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिंगै गैंडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा छन् । यस आर्थिक वर्ष २०७८-७९ को हालसम्म २२ वटा गैंडाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ३० बजे

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी